पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल ५ रुपैयाँले सस्तियो
काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ०३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि, सोही बमोजिम मूल्य समायोजन गरिएको निगमले एक विज्ञप्तिमार्फत जनाएको छ।