ओली वा विद्याको मान्छे भन्दै कित्ताकाट गरेर पाखुरा सुर्किने बेला भएको छैनः योगेश भट्टराई (भिडियो कुराकानी)
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अहिलेको परिस्थितिमा घनिभूत संवाद गर्नुपर्नेमा जोड दिनुभएको छ । मैत्री सम्वादमा उहाँले यस्तो बताउनु भएको हो । अहिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विषयलाई लिएर विभिन्न खाले चर्चा चलिरहेका बेला उहाँले घनिभूत संवाद गर्नुपर्नेमा जोड दिनुभएको हो । ‘उहाँहरु दुईटाको बीचको संवादबाट एउटा निष्कर्ष निकाल्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यो निष्कर्ष निकाल्नको निम्ति समय छ हामीसँग, पर्याप्त समय छ,’ उहाँले भन्नुभयो, ‘त्यो निष्कर्ष ननिस्किँदै हामीलाई कित्ताकाट गरेर यो फलानोको मान्छे, यो तिलानोको मान्छे भन्दै हिँड्न आवश्यक छैन । लेबल लगाएर कुनै साथीहरुको स्वार्थपूर्ति गर्नु छ भने त्यो गर्दै गरुन् ।’
उहाँले यिनीहरुलाई कसैलाई यताको कित्ता हाल्दियो भने त्यो ठाउँ खाली हुन्छ, त्यसपछि हामी त्यहाँ गएर बसौँला भन्ने सोँचले पनि काम नगर्न सुझाव दिनुभयो । ‘कतिलाई विद्या भण्डारीको कित्तातिर पठाइदिऊँ, अलिकति ठाउँ खाली हुन्छ । केपी ओलीको कित्तातिर पठाइदिए पनि अलिकति ठाउँ खाली हुन्छ । कसैलाई त्यतातिर पठाइयो भने ठाउँ खाली हुन्छ भनेपछि यो ठाउँ खाली भर्नका निम्ति हैन,’ उहाँले भन्नुभयो, ‘केही साथीहरुले यस्तो गरेको मैले देखेको छु । म सबैलाई के भन्छु भने अहिले हामीले पाखुरा सुर्किने बेला भएको छैन । त्यो आवश्यक पनि छैन । एकदम संयम र धैर्यताका साथ हामीले यो कुरालाई हल गर्न सक्छौँ । विधान महाधिवेशन नजिक आइरहेको छ । विधान महाधिवेशनमा कस्तो विधान बनाउने ? कस्तो नीति बनाउने ? कस्तो कार्यक्रम बनाउने ? त्यसमा छलफल गरौँ । म त अझै बढी जोड त्यसमै गरौँ भन्छु ।’
उहाँले विधान राम्रो बनेन, कार्यक्रम राम्रो बनेन, नीति राम्रो बनेन, प्रतिवेदनहरु राम्रो बनेन भने त्यो पार्टीले भोलि जस्तोसुकै बलियो नेतृत्व आए पनि त के आधारमा पार्टी चलाउँछ भन्दै प्रश्न गर्नुभयो ।
भट्राईसँग मैत्रिन्युजले लामो भिडियो सम्वाद गरेको छ । भिडियो सम्वादका केही महत्वपूर्ण अंश ।
भिडियोका लागि रातो बटममा क्लिक गर्नुहोस ।
आजको संवाद पछिल्लो राजनीतिक अवस्थाकै विषयबाट सुरुवात गरौँ जस्तो लाग्यो । तपाईंहरुको पार्टी अध्यक्ष सरकारको नेतृत्वमा हुनुहुन्छ । नेपालको राजनीति कुन ढंगले अगाडि बढिरहेको छ भन्ने जस्तो लाग्छ तपाईंहरुलाई ?
हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री बन्नु भएपछिको यो एक वर्षको समीक्षा भैरहेको छ । विभिन्न सञ्चार माध्यमहरुमा पनि भैरहेको छ । ती सबै मैले पनि हेरिरहेको छु । कतिपयले यो एक वर्षमा उपलब्धी केही पनि भएन, खेर गयो भनिरहेका छन् । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका नेता प्रचण्डजीले पनि त्यस्तै आशयको अभिव्यक्ति दिनुभएको थियो ।
मूलतः नेकपा (एमाले) र नेपाली कांग्रेसको बीचमा सरकार बनाउने सहमति हामीले ग¥यौँ, त्यो आफैमा एउटा असाधारण कुरा थियो । किनकि संसदीय प्रणाली भएका मुलुकहरुमा पहिलो र दोस्रो पार्टी, त्यसमा पनि प्रतिस्पर्धी दलहरुको बीचमा सरकार बनाउने त्यति चलेको चलन होइन । तर, हामीले त्यसलाई नेपालको सन्दर्भमा प्रयोग ग¥यौँ । त्यो अहिले मात्रै पनि होइन, विगतमा पनि हामीले सँगै सरकार चलाएकै थियौँ । संविधान निर्माणको क्रममा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, हाम्रो पार्टी त्यो सरकारमा सामेल थियो । कुनै बेला हाम्रो पार्टीबाट माधव नेपालजी प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो सरकारमा कांग्रेस सामेल थियो । कुनै बेला गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हामी सामेल भयौँ । यसरी विभिन्न कालखण्डमा हामी सँगै काम गर्दै आएका उदाहरण छन् ।
यो देशको राजनीतिक अस्थिरताको चंगुलबाट मुलुकलाई माथि उठाउने र जनतामा आत्मविश्वास पैदा गर्ने उद्देश्यले यो सरकार बनाइएको हो । त्यस क्रममा केही सकारात्मक परिणामहरु आएकै छन् ।
यो गएको एक वर्षमा मूलभूत रुपमा नेपालको अर्थतन्त्रलाई अलिकति लयमा फर्काउने, केही सकारात्मक सन्देशहरु हामीले दिएका छौँ । विशेष गरिकन बैंक तथा वित्तीय क्षेत्र, अर्थतन्त्र केही सुधार उन्मुख भएका छन् । लगानीको वातावरण बनोस् भन्नका निम्ति पाँच–छ वटा कानुन हामीले संशोधन ग¥यौँ । त्यसले अलिकति लगानीको प्रवद्र्धन गर्ने कुरालाई सहयोग पुग्छ नै । साथसाथै विदेशमा बस्ने नेपालीहरुले यहाँ लगानी गर्ने, विदेशीहरुले पनि यहाँ लगानी गर्नका निम्ति केही कानुनी अड्चनहरु थिए । त्यसलाई सहज बनाएको अवस्था छ । त्यसले केही सकारात्मक सन्देश दिएको पनि छ ।
संक्षिप्तमा भन्दा यो गएको वर्ष हामीले ओरालो लागिरहेको मुलुकको अर्थतन्त्र र राजनीतिलाई सकारात्मक दिशामा फर्काएका छौँ । अबको आउने वर्ष त्यो ट्रयाकबाट दौडिने हो ।
अहिले संसदमा विपक्षी दलहरुले निरन्तर अवरोध गर्ने र सरकारमाथि आक्षेप लगाउने गरिरहेका छन् । यस्लाई कसरी लिनु भएको छ ?
सत्ता पक्षमा दुईटा पोजिसनमा बसिन्छ । एउटा संसदमा सत्ता पक्ष हुन्छ, दायाँपट्टि बस्छ । प्रतिपक्ष हुन्छ, बायाँपट्टि बस्छ । यो त पाँच सय वर्ष अगाडिदेखि चलेको चलन नै हो । अब प्रतिपक्षले सरकारको टिप्पणी गर्ने, आलोचना गर्ने, त्यो उसको दायित्व पनि हो । उनीहरुले गरेको टिप्पणीहरु कति जायज छन् भनेर सत्ता पक्षबाट हेर्न पनि पर्छ । कतिपय जायज हुन्छन्, त्यसलाई सम्बोधन पनि गर्नुपर्छ ।
तर, सामान्यतया के हुन्छ भने विपक्षमा बसेपछि प्रायः सबै विषयमा कुनै न कुनै टिप्पणी गरेको हुन्छ । त्यो अन्यथा मान्ने कुरा भएन । मूलतः संसदलाई कसरी गरिमामय बनाउने ? संसदमा व्यक्त भएका विचारहरुलाई आम जनताको विषयवस्तु कसरी बनाउने ? संसदप्रति जनविश्वास कसरी पैदा गर्ने ? अनि संसदमा उठेका विषयवस्तुलाई सरकारले कसरी सम्बोधन गर्ने ? यो कुरालाई राम्रोसितले लान सकिएन भने संसदप्रति जनविश्वास पैदा हुँदैन ।
संसदमा व्यक्त भएका विचारहरुलाई आम जनताको विषयवस्तु कसरी बनाउने ? संसदप्रति जनविश्वास कसरी पैदा गर्ने ? अनि संसदमा उठेका विषयवस्तुलाई सरकारले कसरी सम्बोधन गर्ने ? यो कुरालाई राम्रोसितले लान सकिएन भने संसदप्रति जनविश्वास पैदा हुँदैन ।
लोकतान्त्रिक प्रतिस्पर्धा भएको मुलुकमा संसद भनेको राजनीतिक प्रणालीको मुटु हो । सेन्ट्रल पोइन्ट हो । त्यो मुटु राम्रो चलेन भने अरु अर्गानहरुले पनि काम गर्दैन । त्यसकारण त्यो मुटु राम्रो चल्नुपर्छ । संसदमा कहिलेकाहीँ अवरोध हुन्छ, प्रतिपक्षको अवरोध हुन्छ । जायज मागसहित अवरोध रहेछ भने त्यसलाई सत्ता पक्षले सम्बोधन पनि गर्नुपर्छ । जस्तै, पछिल्लो समय भिजिट भिसाको कुरा उठाएको थियो । प्रतिपक्षी दल माओवादीले पनि कुरा उठायो । केही समय उहाँहरुले संसद अवरोध गर्नुभयो ।
माओवादीसँग हाम्रो एउटा सहमति भयो । सहमति भएर भिजिट भिसाको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति बनाएर काम पनि अगाडि बढिराखेको छ । तर, अब त्यही केसमा रास्वपा, राप्रपा जस्ता शक्तिहरुले लगातार संसद बहिष्कार गरिरहेका छन् । राप्रपाको त यो व्यवस्था नै ठीक छैन भन्ने उहाँहरुको अडानै छ । त्यसप्रति हामीले के टिप्पणी गर्ने ? उहाँहरुले व्यवस्था नै बदल्नु, बदल्नुपर्छ भन्नुभएको छ । त्यो गलत कुरा हो । तर, पनि उहाँहरुले आफ्नो कित्ता क्लियर गर्नुभएको छ । राप्रपा व्यवस्थाको विरोधी हो, गणतन्त्रको विरोधी हो, बहुदलको विरोधी हो । त्यो प्रस्ट छ । उनीहरुको धार क्लियर छ । त्यसैले राप्रपा क्लियर छ । त्यसकारण उसले संसदलाई गतिहीन बनाउने, संसदलाई चल्न नदिने, संसदलाई कमजोर बनाउने त्यो प्रयत्न उसले गर्छ नै । तर, अब कुन हदसम्म जाने भन्ने कुरा स्वयम् त्यो पार्टीले बुझ्ने कुरा हो ।
यहाँ अलिकति शंकाको हिसाबले हेर्नुपर्ने भनेको रास्वपा छ । रास्वपाले संसदीय व्यवस्था मान्छ कि मान्दैन ? मेरो प्रश्न छ । यो बहुदलीय व्यवस्था मान्छ कि मान्दैन ? यदि संसदीय बहुदलीय व्यवस्था मान्ने हो भने अघि मैले निवेदन गरेँ कि त्यसको हर्ट अर्थात केन्द्र भनेको संसद हो । गएका झन्डै एक–डेढ महिनादेखि रास्वपाले यो संसदलाई बदनाम गर्न लागिरहेको छ अर्थात् मुटुमाथि नै आक्रमण गरिरहेको छ । संसदीय व्यवस्थाको मुटुमाथि आक्रमण गर्दै छ र आफूलाई संसदीय व्यवस्थाकै पक्षधर हुँ भन्छ भने त यो भएन ।
संसदको देब्रेपट्टि बसेका रास्वपाहरु अझै देब्रेपट्टिको राप्रपातिर लहसिँदै जान्छन् कि उनीहरु त्योभन्दा दाहिनेपट्टिका बहुदलीय, लोकतान्त्रिक पक्षधर शक्तिहरुसँगको सहकार्यमा आउँछ, सवाल यो हो । अब उहाँहरु देब्रे हुँदै उता–उता जानुभयो भने व्यवस्था विरोधी हो । राजा आऊ, देश बचाऊ भन्नेमै गए हुन्छ उहाँहरु । यसो हेर्दा त्यो बाटोमा जान पनि सक्ने जस्तो देखिन्छ । पपुलिजमले कहिलेकाहीँ त्यो अति दक्षिणपन्थी नारा बोक्छ । दुनियाँमा हामीले त्यो देखिरहेका छौँ । अति दक्षिणपन्थी नारा बोक्छ । आउँदा एकदम उग्र नारा दिएर आउँछ । एकदमै उग्र नारा दिन्छ र जनमत आफूतिर खिच्न खोज्छ । अनि जब आउँछ, त्यो दक्षिणपन्थीतिर जान्छ, लहसिन्छ ।
रास्वपा चाहिँ दक्षिणपन्थीतिर लहसिन्छ कि ? दक्षिणपन्थी हुँदै राप्रपा हुँदै ज्ञानेन्द्र शाह नै ठिक, त्यहि व्यवस्था ठीक भन्छ भने केही छैन । व्यवस्थालाई अझै सुधार गर्दै लानुपर्छ भन्ने हो भने संसदलाई मर्यादित गर्ने ठाउँमा आउनुप¥यो ।
ऋहिले रास्वपाका सांसदहरुले संसदको मूल सेसनलाई बहिष्कार गरिरहनुभएको छ । तर, संसदका अन्य क्रियाकलापमा भाग लिइरहनुभएको छ । त्यसकारण उहाँहरुको द्वैध चरित्र देखिन्छ । समितिमा उहाँहरु रेगुलर मिटिङमा हुनुहुन्छ । त्यहाँ भाग लिइरहनुभएको छ । निजामती विधेयकको सन्दर्भमा भएको केही गडबडी छानबिन गर्ने एउटा संसदीय समिति बनायो । त्यो समितिमा उहाँहरु बसिरहनुभएको छ । यो त द्वैध चरित्र हो रास्वपाको । त्यसकारण हेरौँ अब उहाँहरु कहाँसम्म जानुहुन्छ ।
रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ, यस्लाई कसरी लिनुहुन्छ ?
रबि लामिछानेजीको विगतका केसहरुतिर अब धेरै नकोट्याउँ । त्यो उहाँले नै भोग्ने कुरा हो । त्यो सबै आम सञ्चार माध्यममा आएकै पनि छ । त्यसलाई आम जनताले कसरी विश्लेषण गर्छन्, टिप्पणी गर्छन्, त्यो आम नागरिकको कुरा हो । त्यतातिर नजाऊँ । अब सवाल के हो भने एउटा व्यक्तिले अपराध गर्न सक्छ । अपराधी हुन सक्छ । त्यो अपराधको सन्दर्भमा राज्यका नियम छन्, कानुन छन् । त्यो कानुनअन्तर्गत उसलाई कारबाही हुन सक्छ । त्यसो हुँदा उसले गरेको अपराधको जवाफदेहिता ऊ आफै हो । त्यसमा ल्याएर राजनीतिक दललाई पनि सँगै मिसाउने कुरा त्यो चाहिँ अब यहाँ छुट्याउनुप¥यो । यो रबि लामिछानेजीले गरेको सहकारी ठगीको कुरा त्यो रबि लामिछानेजीको ‘इन्डिभिजुअल’ कुरा हो कि ? वैयक्तिक ढंगले उहाँले त्यो कुरा गर्नुभएको हो कि ? रास्वपा सिङ्गै सहकारी ठग हो ? यो छुटिनुप¥यो । यो राजनीतिक प्रतिशोध भयो भन्दै हस्ताक्षर संकलन, पैसा चन्दा संकलनलगायत गरिरहनु भएको छ । के त्यसमा सिङ्गो पार्टी नै संलग्न हो । रास्वपा सिंगो सहकारी ठग हो ?
वैयक्तिक ढंगले उहाँले त्यो कुरा गर्नुभएको हो कि ? रास्वपा सिङ्गै सहकारी ठग हो ? यो छुटिनुप¥यो । यो राजनीतिक प्रतिशोध भयो भन्दै हस्ताक्षर संकलन, पैसा चन्दा संकलनलगायत गरिरहनु भएको छ । के त्यसमा सिङ्गो पार्टी नै संलग्न हो । रास्वपा सिंगो सहकारी ठग हो ?
म नेकपा (एमाले) को सदस्य हुँ । मैले कुनै पोजिसनमा बस्दा गडबडी गरेको छु, केही गरेको छु भने त्यसको जवाफदेहिता म हो, व्यक्ति हो । मेरो सिङ्गो पार्टी मेरो गलत क्रियाकलापको पक्षपोषण गर्न आउन आवश्यक छैन । त्यस विषयमा मैले नै कानुनी उपचार खोज्ने हो भने मैले खोज्ने हो । मैले गल्ती गरेको छु भने कारबाही मैले नै सहने हो । मैले गरेको गल्तीको सजाय नेकपा (एमाले) ले भोग्ने होइन ।
मेरा लागि सिङ्गो पार्टीको झन्डा बोकेर मैले गलत गरेको छु भने मलाई बचाउन आउने होइन । त्यसका लागि म जवाफदेही हो । त्यसकारण यहाँ मैले यही प्रश्न गरेको हो कि रबि लामिछानेजी त कुनै एउटा अदालतले होइन, नि दर्जनौँ अदालतमा हाजिर हुनुभयो । आफ्नो बयान दिनुभयो । हरेक अदालतले उहाँलाई धरौटी माग गर्यो । कुनै एउटा अदालतले उहाँलाई पुर्पक्षमा थुनामा राख्यो । धरौटीमा रिहा हुँदा उहाँहरुले न्याय मरेको रहेनछ, न्याय पाइयो भनेर नारा लाउनुहुन्थ्यो ।
अदालत जिउँदै रहेछ, न्याय मरेको रहेनछ भन्नुहुन्थ्यो । जब त्यही केसमा कुनै ठाउँमा पुर्पक्षमा थुन्दाखेरि अदालतमा राजनीतिकरण भयो, न्यायाधीशहरुले राजनीतिक आग्रहमा काम गरे भन्दै हुनुहुन्छ । त्यसकारण व्यक्तिका अपराधहरुलाई पार्टीले ढाकछोप गर्ने र बचाउने काम गर्ने कुरा त्यो पार्टी नै अपराधीकरणको प्रवक्ता हुन्छ । पार्टीले स्वयम् अपराधीकरणलाई प्रश्रय दिएको हुन्छ । त्यसकारण यदि रास्वपा यो अपराधीकरणको पक्षमा छैन, कानुनी शासनको पक्षमा छ, विधिको फलो गर्छ भने उसले रबि लामिछानेजीमाथि लागेका जति पनि आरोप छन्, त्यो आरोपको ‘डिफेन्स’ रबि लामिछानेलाई नै गर्न दिनुपर्छ । उहाँका वकिलले गर्छन्, उहाँले गर्नुहुन्छ । जब झन्डा बोकेर एउटा पार्टी अदालतमा जान्छ भने त्यो पार्टी बुझ्नुपर्छ अपराधीकरण र विधिको शासनको विरुद्धमा, कानुनी शासनको विरुद्धमा छ ।
हामीले कम्युनिस्ट पार्टीको इतिहासलाई कोट्याएर हेर्ने हो भने जब–जब टुटफुट र विभाजनका कथाहरु आउँछन्, तब–तब कम्युनिस्ट पार्टी कमजोर भएका इतिहासहरु भेटिन्छन् ।
अहिले बालकोट–बालुवाटार र भंगाललाई जोडेर एक खालका टिकाटिप्पणीहरु पनि हुने गरेका छन् । यो सन्दर्भलाई चाहिँ तपाईं एउटा पार्टीको जिम्मेवार नेता पनि भएको हिसाबले कसरी नियालिरहनुभएको छ ?
पार्टीलाई ऐतिहासिक भूमिकाका साथ अगाडि बढाउन पहिलो शर्त पार्टीभित्र वृहत्तर सहमति हुनुपर्छ । पार्टीभित्र एकता हुनुपर्छ । त्यो एकता विचारमा, संगठनमा, नेतृत्वमा, कार्यशैलीमा हुनुपर्छ भन्ने हो । त्यो एकता सर्वसम्मत ढंगले प्राप्त हुन सक्छ । हामीले त्यो कोसिस गरौँ । विचारमा हाम्रो बीचमा धेरै ठूलो विमति छैन । कमरेड मदन भण्डारीले अगाडि सार्नुभएको बहुदलीय जनवादले नै हामीलाई मार्गदर्शन गर्छ ।
समाजवादमा पुग्ने लक्ष्यसम्म हामी त्यो बाटोबाटै जान्छौँ भनेपछि यो एमालेभित्रका सबै नेताहरुले मानेको साझा विचार भयो । त्यसलाई अपडेट गर्दै, परिष्कृत गर्दै जाने आजको पुस्ताको दायित्व हो, त्यो गर्न पनि पर्छ । त्यसकारण विचारको मामलामा हाम्रो कुनै विमति छैन ।
समाजवादमा पुग्ने लक्ष्यसम्म हामी त्यो बाटोबाटै जान्छौँ भनेपछि यो एमालेभित्रका सबै नेताहरुले मानेको साझा विचार भयो । त्यसलाई अपडेट गर्दै, परिष्कृत गर्दै जाने आजको पुस्ताको दायित्व हो, त्यो गर्न पनि पर्छ । त्यसकारण विचारको मामलामा हाम्रो कुनै विमति छैन ।
राष्ट्रिय आकांक्षा अथवा राष्ट्रिय दायित्वको हिसाबले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत पु¥याएर बहुमतको सरकार, एकल सरकार बनाउने कुरामा पनि कसैको विमति छैन । हुनु पनि आवश्यक छैन । आगामी रणनीतिक कुरामा पनि हाम्रो त्यति ठूलो विमति छैन, विचारमा हाम्रो विमति छैन, संगठन बलियो बनाउनुपर्छ भन्ने कुरामा हाम्रो विमति छैन । अब यो तमाम कामको निम्ति नेतृत्व कसले गर्छ त ? नेतृत्व भनेको फेरि अदृश्य त हुँदैन । नेतृत्व भनेको त देखिने हो । कि तपाईंले गर्ने हो, कि मैले गर्ने हो, कि अर्कोले गर्ने हो । एउटा न एउटा त अगुवा हुन्छ । उसैको नेतृत्वमा हामी जाने हो ।
सहमतिमा पुग्न सकिएन, आकांक्षी धेरै छन् भने नेकपा (एमाले) एउटा लोकतान्त्रिक पार्टी हो । त्यो लोकतान्त्रिक पार्टी हुनुको नाताले प्रतिस्पर्धाबाट जान पनि सक्छ । चुनावी प्रक्रियाबाट पनि जान सक्छ । प्रतिस्पर्धाबाट पनि जान सक्छ । त्यसैले अघि तपाईंले सांकेतिक ढंगले बालुवाटार र चपली भन्नुभयो कि भंगाल के भन्नुभयो, त्यसको मतलब केपी ओली र विद्या भण्डारी भन्न खोज्नुभएको होला, हैन ? अहिलेका चर्चा तिनै छन् ।
मेरो भनाइ के छ भने विषयवस्तुहरु प्रकट भएका छन् । पूर्वराष्ट्रपतिज्यूले पनि आफ्नो चाहना प्रकट गर्नुभएको छ । आफ्नो इच्छा प्रकट गर्नुभएको छ । म के गर्छु भन्ने कुरा भन्नुभएको छ । हिजोसम्म त्यो प्रकट थिएन, आज प्रकट भयो नि त । प्रकट भयो भनेको मतलब तपाईंको अगाडि यी विषयवस्तु आए नि अब । आए भनेपछि हामीले नयाँ ढंगले ती विषयवस्तुहरुमा छलफल गर्नुपर्छ । उहाँले किन त्यो घोषणा गर्नुभयो ? त्यो घोषणा गरेर उहाँ कहाँसम्म जान खोजिरहनुभएको छ ? त्यो ठीक छ कि, छैन कि ? त्यो उपयुक्त ढंगले छलफल गर्नुपर्छ ।
यी सबै परिस्थितिमा पार्टीको शीर्ष नेतृत्वले, मूलतः अध्यक्षज्यूले उहाँसँग अलि घनिभूत संवाद गर्नुपर्छ । म त्यो आवश्यकता देख्छु । उहाँसँग घनिभूत संवाद गर्नुपर्छ र उहाँहरु दुईटाको बीचको संवादबाट एउटा निष्कर्ष निकाल्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यो निष्कर्ष निकाल्नको निम्ति समय छ हामीसँग, पर्याप्त समय छ ।
त्यो निष्कर्ष ननिस्किँदै हामीलाई कित्ता काट गरेर यो फलानोको मान्छे, यो तिलानोको मान्छे भन्दै हिँडेर, हैन, लेबल लगाएर कुनै साथीहरुको स्वार्थपूर्ति गर्नु छ भने त्यो गर्दै गरुन् । यिनीहरुलाई कसैलाई यताको कित्ता हाल्दियो भने त्यो ठाउँ खाली हुन्छ, त्यसपछि हामी त्यहाँ गएर बसौँला भन्ने होला । कतिलाई विद्या भण्डारीको कित्तातिर पठाइदिऊँ, अलिकति ठाउँ खाली हुन्छ । केपी ओलीको कित्तातिर पठाइदिए पनि अलिकति ठाउँ खाली हुन्छ ।
कसैलाई त्यतातिर पठाइयो भने ठाउँ खाली हुन्छ भनेपछि यो ठाउँ खाली भर्नका निम्ति हैन । केही साथीहरुले यस्तो गरेको मैले देखेको छु । म सबैलाई के भन्छु भने अहिले हामीले पाखुरा सुर्किने बेला भएको छैन । त्यो आवश्यक पनि छैन । एकदम संयम र धैर्यताका साथ हामीले यो कुरालाई हल गर्न सक्छौँ । विधान महाधिवेशन नजिक आइरहेको छ । विधान महाधिवेशनमा कस्तो विधान बनाउने ? कस्तो नीति बनाउने ? कस्तो कार्यक्रम बनाउने ? त्यसमा छलफल गरौँ । म त अझै बढी जोड त्यसमै गरौँ भन्छु । विधान राम्रो बनेन, कार्यक्रम राम्रो बनेन, नीति राम्रो बनेन, प्रतिवेदनहरु राम्रो बनेन भने त्यो पार्टीले भोलि जस्तोसुकै बलियो नेतृत्व आए पनि त के आधारमा पार्टी चलाउँछ ?
पार्टी चलाउने आधार त हामी भदौको २०–२१ गते दिँदै छौँ नि, विधान महाधिवेशनमा । त्यसकारण त्यहाँ अलि बढी छलफल गरेर एउटा लोकतान्त्रिक विधि, विधान बनाउँ । कम्युनिस्ट पार्टीको, कम्युनिस्ट शैलीको विधान बनाउँ । हामी माक्र्सवादी हौँ, माक्र्सिस्ट फिलोसोफीको आधारमा, माक्र्सिस्ट दर्शनको आधारमा, माक्र्सिस्ट सिद्धान्तको आधारमा चल्ने पार्टीको एउटा विधान बनाउँ । जनताको बहुदलीय जनवादले पार्टीको संगठनात्मक सिद्धान्तमा के भनेको छ, त्यस आधारको विधान बनाउँ । अनि अगाडि बढौँ ।
पार्टी चलाउने आधार त हामी भदौको २०–२१ गते दिँदै छौँ नि, विधान महाधिवेशनमा । त्यसकारण त्यहाँ अलि बढी छलफल गरेर एउटा लोकतान्त्रिक विधि, विधान बनाउँ । कम्युनिस्ट पार्टीको, कम्युनिस्ट शैलीको विधान बनाउँ ।
हामी संयमताका साथ, विधिसम्मत ढंगले हल गरौँ । विषयवस्तुहरु आए, प्रकट भए, यसलाई एक्सेप्ट गरौँ र पार्टीको आन्तरिक विषयवस्तु बनाएर छलफल गरौँ । त्यो भयो भने मात्रै हामी निष्कर्षमा पुग्न सक्छौँ ।
अहिलेको विवादले ०८४ मा पार्टीलाई हानी गर्ला कि भन्ने चिन्ता कार्यकर्तामा छ । तपाईँलाई त्यस्तो लाग्दैन ?
पार्टी, पार्टीभित्र बहस छलफल गर्दैमा पार्टी कमजोर हुन्छ भन्ने मलाई लाग्दैन । जतिबेला हामीले पार्टीमा घनिभूत बहस, छलफल ग¥यौँ, नेतृत्वको चयन निर्वाचनबाट ग¥यौँ, त्यो बेला पार्टी झन् बलियो भएको इतिहास पनि छ । तपाईं सन् १९९० को दशकमा जतिबेला दुनियाँमा कम्युनिस्टहरुमाथि यति धावा बोलिएको थियो । त्यो बेलामा हाम्रो पार्टीमा सिद्धान्तमै चुनाव भएको हो, पार्टीको महाधिवेशनमा । भोटिङ भएको हो ।
बहुदलीय जनवाद कि नयाँ जनवाद भनेर भोटिङ गरेका हौँ हामीले । त्यो बेला धेरैले भोटिङ गर्नु हुँदैन, पार्टी कमजोर हुन्छ भन्थे । तर, त्यसले पार्टीलाई झन् बलियो बनाएर सिद्धान्तमा पार्टीलाई स्पष्ट बनायो । मदन भण्डारीको नेतृत्व त्यसले स्थापित ग¥यो । त्यसपछि पनि हरेक महाधिवेशनमा हामी लगभग प्रतिस्पर्धाबाट आइराखेका छौँ ।
६५ मा महाधिवेशनमा चुनावै गरेर गएका थियौँ । त्यतिबेला केपी कमरेड केपी र कमरेड झलनाथबीच चुनावै भएको हो । ७० सालमा जाँदा हामीले त्यसलाई रिभाइभ ग¥यौँ । ७० को संविधान सभामा हामी दोस्रो ठूलो दल भयौँ । वास्तवमा भन्ने हो भने पार्टीभित्र तीव्र गुटबन्दी पनि थियो त्यो बेला । यति घनघोर गुटबन्दी थियो यद्यपि गुटबन्दीको बीचमा पनि परिणाम सन्तोषजनक आयो ।
उम्मेदवार कसलाई छान्ने भन्ने कुरामा व्यापक तनाव थियो । तर, त्यतिबेला तल कार्यकर्ताले घात–अन्तरघात गर्दैन थिए । त्यो एउटा पोजेटिभ कुरा थियो । माथि उम्मेदवार कसलाई बनाउनेमा तानातान थियो । तर, तल घात–अन्तरघात थिएन । जनमत बिग्रिएको थिएन । घात–अन्तरघात गरेन । हामीले राम्रै परिणाम ल्यायौँ । ७४ मा हामी नेकपाको हिसाबले मिलेर चुनाव लड्यौँ । शक्तिशाली भयौँ । राम्रै परिणाम ल्यायौँ । त्यो चुनावमा जाँदा पनि माधव नेपाल र केपी ओली पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गरेर नै हामी त्यो चुनावमा गएका थियौँ । केपी ओलीको नेतृत्वमा राम्रो परिणाम आयो । ७९ को चुनावमा पनि हामी धेरै घेराबन्दीमा थियौँ । हाम्रो परिणाम ठीकै आएको छ ।
जनमत बिग्रिएको थिएन । घात–अन्तरघात गरेन । हामीले राम्रै परिणाम ल्यायौँ । ७४ मा हामी नेकपाको हिसाबले मिलेर चुनाव लड्यौँ । शक्तिशाली भयौँ । राम्रै परिणाम ल्यायौँ । त्यो चुनावमा जाँदा पनि माधव नेपाल र केपी ओली पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गरेर नै हामी त्यो चुनावमा गएका थियौँ । केपी ओलीको नेतृत्वमा राम्रो परिणाम आयो ।
अघिल्ला–अघिल्ला चुनावमा नेताहरुको बीचमा टकराव भएर उम्मेदवार छान्दाखेरि अलिअलि तनाव हुन्थ्यो । त्यसलाई तल कार्यकर्ताले घात– अन्तरघात गर्दैन थिए । तर, ७९ को चुनावमा के देखिन्छ भने माथि चाहिँ उम्मेदवार छान्ने कुरामा त्यति ठूलो तानातान भएन । किनभने हाम्रो पार्टीको ‘एब्सोल्युट’ लिडर नै केपी ओली हुनुभयो । उहाँले चाहेकै उम्मेदवार भएका भएका थिए । तर, त्यस्तो अवस्थामा पनि तल घात–अन्तरघात किन भयो त ? ७९ मा घात–अन्तरघात धेरै भएको छ ।
माथि नेतृत्व ‘एब्सोल्युट’ छन् । कसैले उहाँलाई च्यालेन्ज गरेको छैन । तर तल घात–अन्तरघात किन भयो ? त्यसकारण यो चाहिँ कस्तो रहेछ भने पार्टीभित्र माथि तीव्र गुटबन्दी हुँदा बिग्रिन्छ कि भन्ने, पार्टीमा ‘एब्सोल्युट’ लिडर हुँदा सबै ठीक हुन्छ कि भन्ने कुरा पनि सापेक्षिक रहेछ । परिणामले त्यस्तो देखाउँछ ।
आज मलाई के लाग्छ भने हाम्रो च्यालेन्ज नेकपा एमालेको अरु राजनीतिक दलहरु च्यालेन्ज हुन् नै । त्यसलाई च्यालेन्जको रुपमा हामीले स्वीकार्नुपर्छ । तर, सबभन्दा ठूलो च्यालेन्ज एमालेको हो भने आफैभित्र हो । अरुसँगको प्रतिस्पर्धामा, संसदीय, स्थानीय चुनावमा एमालेको सबभन्दा ठूलो च्यालेन्ज एमाले नै हो । त्यसकारण मैले विभिन्न ठाउँमा भाषण गर्दा पनि भन्छु । सबै एमालेले एमालेलाई भोट दिए भने एमालेको बहुमत कसैले रोकेर रोकिँदैन । सबै एमालेले एमालेलाई भोट दिनुप¥यो । त्यो भयो भने एमाले पहिलो हुन्छ ।