सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने घट्यो
काठमाडौँ, २ चैत्र । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (चैत २ गते) छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढे पनि यस दिन चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।