सुनको मूल्यमा वृद्धि, कतिमा भयाे काराेबार ?
काठमाडौं, ४ साउन । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार बजार बन्द हुँदा छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार बजार खुल्नासाथ सुनको मूल्यले उकालो यात्रा तय गरेको हो।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।