सुनको भाउले रच्यो नयाँ कीर्तिमान, तोलाको २ लाख नजिक

काठमाडौँ, २३ साउन । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार हालसम्मकै उच्च कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो।

यो मूल्य नेपाली बजारमा सुनको कारोबार सुरु भएयताकै सबैभन्दा उच्च हो। यसअघि बुधबार कायम भएको कीर्तिमानलाई आजको मूल्यले तोडेको हो। बिहीबार भने सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *