भ्लादिमिर पुटिनलाई डोनाल्ड ट्रम्पबाट रातो कार्पेटमा स्वागत, रुस–युक्रेन युद्ध अन्त्यको अपेक्षा
काठमाडौं, ३१ साउन । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको भेटवार्ताले निकै ठूलो तहल्का पिटाएको छ । उहाँहरु दुबै जनाबिच अमेरिकी भूमिमा वार्ता भएको छ । युक्रेन युद्धको विषयमा उहाँहरुविच वार्ता भएको भनिएको छ । रूसी राष्ट्रपति पुटिनसँगको उच्चस्तरीय वार्तापछि डोनाल्ड ट्रम्प वाशिङ्टन फर्किनु भएको छ ।
ट्रम्पले वार्ताबारे पुटिनसँग भएको सहमतिबारे युक्रेन, युरोप र नेटो सदस्यराष्ट्रसँग छलफल गर्ने बताउनु भएको छ । उहाँहरु दुई जना शक्ति राष्ट्रका प्रमुख मात्रै होइन यहाँहरु दुई जना विश्व शक्ति पनि हो । त्यसैले पनि उहाँहरु बिचको भेटलाई विश्वले विभिन्न अनुमानसहित हेरेकोछ । तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति पुटिनले पनि आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएपछि वार्ताले सकारात्मक बाटो समाएको अनुमान गरिएको छ ।
अलास्काको एन्करेजस्थित संयुक्त संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजेबाट बैठक सुरू भएको हो । विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार बैठक साढे २ बजे सकिएको थियो भने वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन भएको हो । राष्ट्रपति ट्रम्पले धेरै बुँदामा सहमति भएको बताउनु भएको छ । यद्यपि, ती बुँदा के– के हुन् भन्ने खुलाउनु भएन ।
रातो कार्पेटमा स्वागत गर्नुभएका ट्रम्पले अन्त्यमा पुटिनसँग फेरि चाँडै भेट्ने सम्भावना व्यक्त गर्नुभएको थियो । त्यसैगरी पुटिनले ‘अर्को पटक मस्कोमा’ भेटौला भन्दै जवाफ दिनु भएको थियो । यस्ले पनि वार्ता सकारात्मक भएको भनी अनुमान गर्न सकिने आधार देखिएको छ । दुईजनाबीचको वार्तापछि १० मिनेट उहाँहरु एउटै मञ्चमा देखिनु भएको थियो ।
