बायर्न म्युनिखलाई जर्मन सुपरकप

म्युनिख, भदौ १ । बायर्न म्युनिखले शनिबार राति स्टुटगार्टलाई २–१ ले हराएर जर्मन सुपरकपको उपाधि जितेको छ ।

लुइस डियाजले आफ्नो नयाँ क्लबका लागि पदार्पण खेलमै गोल गरेर बायर्न म्युनिखलाई च्याम्पियन बनाउन सहयोग गरे । बुन्डेसलिगा च्याम्यिनका लागि हेरी केनले पनि गोल गरे । केनले खेलको १८ औँ मिनेटमा गोल गरी म्युनिखलाई अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा डियाजले गोल गरी अग्रता दोब्बर पारे । इन्जुरी समयमा जेमी लेविलिङले सान्त्वना गोल गरे ।