७ प्रमाणसहित सीमाविद् बुद्धिनारायणको दाबीः कूटनीतिक पहल गरौँ, लिपुलेक हाम्रो हो (भिडियो अन्तर्वार्ता)

भारतीय विदेश मन्त्रालयले यहि मंगलबार १२ बुँदे विज्ञप्ति जारी गरेपछि त्यसले नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । १२ बुँदे विज्ञप्तिको बुँदा नं. ९ ले सबै भन्दा बढी तरङ्ग सिर्जना गरिदिएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले केही दिन अघि मात्रै दुई दिने दिल्ली भ्रमण गरेका थिए । नयाँदिल्ली भ्रमणमा उनले भारतीय प्रधानमन्त्रीसँगै अन्य उच्च तहका नेता र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेटघाट गरेका थिए । ती भेट र वार्तापछि भारत र चीन दुबै देशले आ–आफ्नो तर्फबाट विज्ञप्ति निकालेका छन् । यद्यपि, अहिले नेपालमा तरङ्गचाँहि चीनले निकालेको विज्ञप्तिले भन्दा बढी भारतीय पक्षले निकालेको विज्ञप्तिका कारण ल्याएको हो । भारतीय पक्षले निकालेको उक्त विज्ञप्तिको बुँदा नं. ९ मा ‘दुवै पक्षले लिपुलेक पास, सिप्की लापास र नाथुला पास व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्ने विषयमा सहमति जनाएको’ उल्लेख गरेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग सीमा विवादका कुरा, समाधानका उपायलगायतका विषयसँग केन्द्रित भएर मैत्रिन्युजले कुराकानी गरेको छ । उहाँले ७ सात प्रमाणसहित लिपुलेक नेपालको भएको दाबी गर्नुभएको छ । उहाँले त्यसलाई कूटनीतिक पहलबाट समाधानको उपाय खोज्नुपर्ने बताउनु भएको छ । मैत्रिन्युजका लागि मोहन बास्तोलाले उहाँसँग गरेको भिडियो कुराकानीः

हाम्रा दुई ठूला छिमेकी मुलुक चीन र भारतले एउटा सहमतिमा हस्ताक्षर गरेको विषय बाहिर आएको छ । चीनले एक खालको विज्ञप्ति जारी गरेको छ भने भारतले अर्कै खालको विज्ञप्ति जारी गरेको छ । भारतले गरेको १२ बुँदे विज्ञप्तिको पनि नौ नम्बर बुँदालाई लिएर अहिले धेरै चर्चा र बहस हुने गरेको छ । तपाईं सीमा क्षेत्रको विज्ञ पनि भएको नाताले र लामो समय तपाईंको जीवनका सम्पूर्ण समय नै यही क्षेत्रमा पनि व्यतीत गर्नुभएको व्यक्तित्व पनि भएको हिसाबले यो पछिल्लो घटनाक्रमलाई कसरी नियाल्नुभएको छ ?

चीन र भारतले केही दिन अघि हाम्रो सम्प्रभुता भएको लिपुलेक भन्ज्याङबाट चीन र भारतले व्यापार, वाणिज्य अभिवृद्धि गर्ने भनेर एउटा ‘स्टेटमेन्ट’ जारी गरे । त्यो सरासर नेपाललाई आघात पर्ने कुरो हो । किनभने, लिपुलेक, नाभिडाङ, कालापानी, गुन्जी, कुटी, नाभी, लिम्पियाधुरा नेपालको सम्प्रभुताभित्र परेको हो यो समस्त भू–भाग नेपालको हो ।

किनभने, लिपुलेक, नाभिडाङ, कालापानी, गुन्जी, कुटी, नाभी, लिम्पियाधुरा नेपालको सम्प्रभुताभित्र परेको हो यो समस्त भू–भाग नेपालको हो ।

लिम्पियाधुराबाट निस्केको नदीलाई काली भनेर पुराना नक्सा दस्तावेजहरुमा पनि लेखिएको छ । लिम्पियाधुराबाट निस्केको नदीभन्दा कालीका समस्त भूभाग नेपालको अनि पश्चिम तर्फको भू–भाग भारतको भनिएको छ । लिपुलेक भन्ज्याङ लिम्पियाधुराबाट निक्लेको काली नदी भन्दा पूर्वतर्फ परेको हुनाले हाम्रो सम्प्रभुता रहेको भू–भाग हो । तर, त्यहि भू–भागमा नेपाललाई पत्तै नदिकन ती दुई छिमेकीले ‘स्टेटमेन्ट’ जारी गर्नु गलत हो ।

उनीहरुले किन त्यसो गरेका होलान ?

हो, यहाँ जिज्ञासा आउँछ । उनीहरुले किन यसो गरे त ? भारतले त नेपाललाई जहिले पनि बिर्सने भनौँ अथवा यताउता गर्ने नै हो । यस मामिलामा चीनले पनि नेपाललाई बिर्सियो । किन हो यो भयो ? मैले विश्लेषण गर्दा किन होला भने लाग्छ भने चीन र भारतको बीचमा व्यापार, वाणिज्य गर्दा लिपुलेक भन्ज्याङबाट ल्याउने, लैजाने काम गरियो भने एक अर्ब पैँतालिस करोड जनसंख्या रहेको भारतमा सस्तो भाराभरोट (भाडा, महसुल, कर) मा चीनको सामान भारत पुग्छ भन्ने भएर हो भन्ने लाग्छ । त्यति ठूलो जनसंख्या भएको भारतलाई चीनको ‘मार्केट’ बनाउन सकियो भने त चिनियाँ सामान पनि बढी बिक्री हुने भयो अनि चीनलाई राम्रो फाइदा हुनेभयो । त्यसैले देश धनी हुन्छ भनेरलिपुलेकबाट व्यापार, वाणिज्य आदानप्रदानमा सहमति गर्ने काम भयो भन्ने लाग्छ ।

अर्कोतर्फ, भारतले पनि कच्चा पदार्थ जस्तो फलाम जन्य सामानहरु, अनि चारकोलहरु भारतबाट लिपुलेक हुँदै चीनको साङ्घाईको ‘इन्डस्ट्रियल स्टेट’मा पठायो पठाइयो भने छोटो बाटो हुन्छ ।चीनले पनि भारतबाट कच्चा पदार्थ सस्तो भाराभरोटमा पाउँछ । यही कारणले गर्दा नेपाललाई आघात पारेर यसरी दुई देशले स्टेटमेन्ट जारी गरे भन्ने लाग्छ । यो जारी गर्नु त हुँदैनथ्यो भन्ने मलाई लाग्छ ।

भारतले पनि कच्चा पदार्थ जस्तो फलाम जन्य सामानहरु, अनि चारकोलहरु भारतबाट लिपुलेक हुँदै चीनको साङ्घाईको ‘इन्डस्ट्रियल स्टेट’मा पठायो पठाइयो भने छोटो बाटो हुन्छ ।चीनले पनि भारतबाट कच्चा पदार्थ सस्तो भाराभरोटमा पाउँछ । यही कारणले गर्दा नेपाललाई आघात पारेर यसरी दुई देशले स्टेटमेन्ट जारी गरे भन्ने लाग्छ । यो जारी गर्नु त हुँदैनथ्यो भन्ने मलाई लाग्छ ।

यो भन्दा अघि पनि यस्तो सहमतिहरु त ती देशले गर्दै आएका थिए नि होइन ?

हो, यो भन्दा अघि पनि पटक–पटक यस्ता खालका सम्झौताहरु, सहमतिहरु चीन र भारतहरुले गर्दै आएका थिए । कहिलेकाहीँ नेपाल सरकारबाट खबरदारी हुने गर्थे । तर, त्योभन्दा गतिलो खालको कूटनीतिक पहल नभएका कारणले गर्दा पनि पटक–पटक यी छिमेकी देशहरुले हामीलाई बेवास्ता गर्दै आएका छन् ।

हामी भूगोलमा सानो छौँ । तर, स्वाभिमानमा त सानो छैनौँ नि । हाम्रो स्वाभिमानमै आघात पुग्नेगरी उनीहरुले यस्तो खालको काम गरिरहेका होलान् कि जस्तो तपाईंलाई लाग्दैन ?

भारतका तत्कालिन प्रधानमन्त्री नरेन्द्र मोदी चीनमा जाँदा सन् २०१५ को मे १५ का दिनमा दुवै देशले लिपुलेक भन्ज्याङबाट व्यापार वाणिज्य अभिवृद्धि गर्ने भनेर सम्झौता गरेका थिए । त्यो सम्झौताको दफा २८ मा उल्लेख भएको छ । त्यतिबेला बेला नेपालमा प्रधानमन्त्री सुशील कोइराला र महेन्द्र पाण्डे परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।

सुशील कोइरालाका पालामा लिपुलेक हाम्रो नेपालको सम्प्रभूता भएकोले तपाईंहरुले सोध्दै नसोधि हामीसँग सहमति नलिइ किन तपाईंहरुले यो सम्झौता गर्नुभयो ? भनेर चीन र भारत दुबै देशलाई ‘डिप्लोमेटिक नोट’ पठाउने काम भयो । भारतले कुनै हालतमा जवाफ दिएन । बरु चीनलेचाहिँ ‘तपाईँहरुसँग त्यस क्षेत्रको प्रमाण, कागजात, डकुमेन्ट छ भने पठाउनुहोस् अनि हामी त्यसलाई अध्ययन गरेर यो ‘डकुमेन्ट जेन्युइन’ ठहरियो भनेदेखि त्यो दफाको लिपुलेक भन्ने शब्दलाई संशोधन गर्छौं र निकाल्छौं’ भनेर भन्यो ।

त्यसको करीब डेढ महिनापछि प्रधानमन्त्री सुशील कोइराला पदबाट च्युत हुनुभयो । त्यसपछि पछि आउने प्रधानमन्त्रीले यो ‘फलोअप’ नै गरेनन् ।
विडम्बना ! जो–सुकै प्रधानमन्त्री भए पनि राष्ट्रियताको हिसाबले योे कुरा उठाउँदै जानुपर्ने हो । अन्य प्रधानमन्त्रीहरुले ‘फलोअप’ नगरेका कारण सन् २०१५ पछि फेरि अहिले आएर सन् २०२५ मा अर्थात दश वर्षपछि त्यही कुरा दोहोरियो ।

अन्य प्रधानमन्त्रीहरुले ‘फलोअप’ नगरेका कारण सन् २०१५ पछि फेरि अहिले आएर सन् २०२५ मा अर्थात दश वर्षपछि त्यही कुरा दोहोरियो ।

एउटा तथ्यांकअनुसार १९९१, १९९२, २००५, २०१४ र २०१५ मा पनि चीन र भारतले यस्ता खालका सहमतिहरु गरेका रहेछन् । यी सन्दर्भलाई चाहिँ कसरी लिनुहुन्छ ?

भारतले सन् १९४५ अर्थात जहवाराल नेहरुकै पालादेखि त्यस क्षेत्रबाट आउने–जाने गरिएको छ र यो सम्झौता पनि तत्कालीन तिब्बतसँग पनि गरिएको छ भन्दै आएको छ ।

यो विषयमा मैले धेरै तथ्यहरु खोजे र अध्ययन गर्दा पत्ता लगाएँ । दुई देशको सीमावर्ती जनताहरु, ‘फ्रन्टियर’ भनेको छ अर्थात सीमावर्ती जनताहरुलाई आउन–जान, तीर्थाटन, मानसरोवरमा तीर्थाटन गर्न र अनि ‘पेटी ट्रेड’ भनेको छ । सानो–सानो व्यापार गर्नलाई त्यो सीमावर्ती क्षेत्रमा आउन–जान हुनेछ भनेर भनेको छ । भारतले अहिले यसैलाई टेकेर सन् १९४५ भन्दै आएको छ । त्यो सत्य होइन । फ्रन्टियर, भनेको सीमावर्ती क्षेत्रका जनताका लागि मात्रै भनेर भनेको हो । अनि ‘पेटी ट्रेड’ अर्थात सानो–सानो व्यापार भनेको हो ।

अहिलेको सहमति अनुसार त चीनको साङ्घाई इन्डस्ट्रियल स्टेटबाट पचासौं हजार ट्रक पनि त्यहाँबाट भारतमा जान सक्ने भयो । यो पेटी ट्रेड होइन ।
त्यसकारण उनीहरुले सन् १९४५ को सन्धिको अपव्याख्या गरेर सहमति गर्ने प्रयास गरेका छन् त्यो गलत छ । अहिलेको सहमति अुनसार उनीहरुले ‘बल्क ट्रेड’ गर्न खोजेका छन् ।

सन् २०१५ मा कूटनीतिक नोट पठाउनेदेखि केपी ओली प्रधानमन्त्री भएका बेला चुच्चे नक्सा निकाल्ने सम्मका प्रयासहरु भए । तर, अहिले हाम्रो नक्सामा चाहिँ चुच्चे नक्सा भयो । तर, छिमेकीहरुले त्यो चुच्चे नक्सालाई मानिरहेका छैनन् । यो अवस्थामालाई के भन्न चाहनुहुन्छ ?

भारतले सन् २०१९ को नोभेम्बर २ मा लिपुलेक, कालापानी, लिम्पियाधुरा सबै भारततर्फ पारेर नयाँ नक्सा निकाल्यो । त्यसपछि नेपालले ‘वार्ता गरौँ, यो त हाम्रो भू–भाग मिचियो’ भन्दैडिप्लोमेटिक नोट पठायो । त्यतिबेला केपी ओली प्रधानमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । दुईचोटी ‘डिप्लोमेटिक नोट’ पठाउँदा पनि भारतले कोरोना महामारीको अवस्था छ भनेर टार्यो ।

कोरोनाको कहर हटिसकेपछि पनि फेरि नेपालले ‘डिप्लोमेटिक नोट’ पठायो । तर, भारतले वार्ता गर्न चाहेन । यसपछि वाध्य भएर नेपालले२०७७ साल जेठ ७ गत चुच्चे नक्सा निकाल्योे । त्यसलाई संसदबाट बहुमतले पास गर्यो र राष्ट्रपतिबाट सिलमोहर लगाइयो । यो राष्ट्रियताका निमित्त राम्रो कुरा हो । तर हाम्रो शिथिल कूटनीतिक कारणले गर्दा यो नयाँ चुच्चे नक्सा नत चीनलाई पठाइएछ न त भारतलाई नै । संयुक्त राष्ट्र संघलाई पनि पठाइएनछ । तत्काल त्यो पठाउनुपर्ने थियो ।

कोरोनाको कहर हटिसकेपछि पनि फेरि नेपालले ‘डिप्लोमेटिक नोट’ पठायो । तर, भारतले वार्ता गर्न चाहेन । यसपछि वाध्य भएर नेपालले२०७७ साल जेठ ७ गत चुच्चे नक्सा निकाल्योे । त्यसलाई संसदबाट बहुमतले पास गर्यो र राष्ट्रपतिबाट सिलमोहर लगाइयो । यो राष्ट्रियताका निमित्त राम्रो कुरा हो ।

डिप्लोमेटिक चिठी समेत लेखेर चीन र भारलाई ‘अब तपाईंहरुले नक्साहरु बनाउँदाखेरि नेपालको नक्सा यो नयाँ नक्सा अनुसार देखाउनुहोला’ भन्नुपथ्र्यो ।
भारतले नमाने पनि चीनले त मान्थ्यो होला नि ! ‘डिप्लोमेटिकल्ली’ नपठाएको हुनाले चीनले दुई वर्ष अगाडि नयाँनक्सा निकाल्दा चुच्चे नक्सा हाल्दिएन । यो हाम्रो कुटनीतिक शिथिलताका कारणले भएको हो ।

अर्को कुरो संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आएका थिए । त्यो बेलामा हामीले नेपाल सरकारले यो नक्सा उपहारको रुपमा संयुक्तराष्ट्र संघलाई दिन सकेको भए संयुक्त राष्ट्र संघ अन्तर्गत सेक्युरिटी काउन्सिल, त्यो अन्तर्गत जियो–इन्फर्मेटिक्स डिभिजनले विश्वको नक्साहरु संकलन गरेर अध्ययन गर्ने बाटो खुल्ने थियो । हाम्रो नक्सा त्यहाँ पुग्थ्यो र त्यो चुच्चे नक्सा अन्तर्राष्ट्रियकरण हुन्थ्यो । यसमा पनि हामी चुक्यौँ । उहाँ आउँदा केपी शर्मा ओली पूर्व प्रधानमन्त्री भइसक्नुभएको थियो ।

चुच्चे नक्सा जारी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली, अहिले देशकै प्रधानमन्त्री हुनुहुन्छ । भदौको अन्तिमतिर प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण र त्योभन्दा अगाडि चीन भ्रमण पनि गर्दै हुनुहुन्छ । उहाँकै पालामा चुच्चे नक्सा आयो । अब उहाँले चाहिँ के खालको पहल गर्नुपर्छ होला जस्तो लाग्छ तपाईँलाई ?

हो, उहाँ ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन’ मा भाग लिनेचीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यहाँ भारतका प्रधानमन्त्रीसँग पनि भेट हुन्छ । त्यहाँ मेन एजेन्डामा हाल्न मिल्दैन । तर,हाम्रो प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र चीनक राष्ट्रपति सी जिनपिङलाई साइडलाइनमा भेट्ने भन्ने कुरा भइरहेको छ । यो बेलामा तीन देशका तीन जना कार्यकारी प्रमुख भेट्दा हाम्रो नेपाल तर्फबाट प्रधानमन्त्रीज्यूले एउटा प्रस्ताव राख्नुपर्छ ।

त्यो प्रस्ताव के हो भनेसन् १९६१–६५ मा नेपाल र चीनको सीमांकन भयो । सीमांकन हुँदा पश्चिममा पनि त्रिदेशीय बिन्दु, ‘ट्राइजंक्सन’ भनेको शून्य नम्बरको पिलर गाडिएको छैन पूर्वतर्फ पनि शून्य नम्बरको पिलर गाडिएको छैन । नेपालको पूर्वतफै ताप्लेजुङ, भारतको सिक्किम र चीनको तिब्बत भेट हुने झिन्साङ चुली भन्ने ठाउँमा त्रिदेशीय बिन्दु गाड्नुपर्छ । पश्चिमतर्फ पनि नेपाल र चीन सीमांकन गर्दा टिंकर भन्ज्याङमा पिलर नम्बर वान भनेर टिंकर भन्ज्याङमा स्थापित गरेको छ । शून्य नम्बरको त्रिदेशीय बिन्दु गाडिएको छैन । त्यो शून्य नम्बरको त्रिदेशीय बिन्दु लिम्पियाधुरामा गाडियो भने समस्या समाधान हुन्छ । यो पहल हाम्रो प्रधानमन्त्रीज्यूलाई भन्नुपर्छ । त्यसका लागि दबाब सिर्जना गर्नुपर्छ ।

त्यो शून्य नम्बरको त्रिदेशीय बिन्दु लिम्पियाधुरामा गाडियो भने समस्या समाधान हुन्छ । यो पहल हाम्रो प्रधानमन्त्रीज्यूलाई भन्नुपर्छ । त्यसका लागि दबाब सिर्जना गर्नुपर्छ ।

यसरी नेपालको दुईतर्फ पूर्व र पश्चिमको त्रिदेशीय बिन्दु तिनै देश मिलेर खडा गरौँ भनेर प्रधानमन्त्रीज्युले प्रस्ताव गर्नुपर्छ । त्यसका लागि तिनै देशको मिलेर एउटा उच्चस्तरीय समिति बन्नुपर्छ र यसले काम गर्नुपर्छ । काम गर्दा एक वर्षमा नसकिएला, दुई वर्षमा नसकिएला, तीन वर्षमा नसकिएला, तर सुरुवात त हुन्छ नि ! सुरुवात भएर समाधान त हुन्छ नि ! हाम्रो प्रधानमन्त्रीज्यूले त्रिदेशीय बिन्दु गाड्नलाई पहल गर्नुभयो भने उहाँको नाम रहिरन्छ भन्ने लाग्छ ।

यी सबैका लागि नेपालले पनि प्रमाणहरु जुटाउनु पर्ला नि ?

यसका लागि हामीसँग प्रसस्त प्रमाणहरु छन् । सबै भन्दा पहिला नक्साको प्रमाण छ । ब्रिटिश सर्भे अफ इन्डियाले सन् १८१९, १८२१, १८२७, १८५६ बनाएको नक्सा छ ।

त्यसैगरी सन् १९०५ को नक्सा छ, चीनमा बनाएको । सन् १९०५ को ‘सियान डाइनेस्टी’ भनेर त्यहाँ लेखेको छ । यी नक्साहरुमा लिम्पियाधुराबाट निक्लेको नदीलाई राम्रोसँग काली भनेर लेखेको छ । चिनियाँ नक्सामा पनि चिनियाँ भाषामा काली लेखेको रहेछ । चिनियाँ अक्षरले पनिनेपाल भनेर लेखेको रहेछ ।यो प्रमाण हामीसँग छ ।

दोस्रो, प्रमाण ४ मार्च १८१६ मा सुगौली सन्धि भयो । गुन्जी, कुटी, व्यास क्षेत्रका जनताले मालपोत, आफ्नो जग्गाको मालपोत तिर्नलाई भारतको पिथौडागढतिर गएछन् । त्यहाँ गएपछि त्यहाँको ब्रिटिश गभर्मेन्टले ‘यो तपाईंहरुले भोग गरेको जग्गा नेपालमा परेको हुनाले वंशा नेपालका भारदार वंशालाई सम्पर्क गरेर उतै तिर्नुस्’ भनेर लेखेको चिठी छ । त्यो चिठी ब्रिटिश इन्डियाको एक्टिङ चिफ सेक्रेटरी जे आदमले ४ फेब्रुअरी १८१७ मा लेखेका हुन् । त्यो ठोस प्रमाण हामीसँग छ ।
तेस्रो, गुन्जी–कुटीको मालपोते नेपालबाट बुझेको छ । नेपालमा बुझेको मालपोतको प्रमाण अध्येता ऋषिराज लुम्सालीले बैतडीको मालपोत कार्यालयमा गएर खोजतलास गरेर पुराना कागजहरु, कपडामा बनेको, झुण्ड्याइराखेको कपडामा खोज्दा सम्बत १९९७ मंसिर २७ गतेको एउटा ‘डकुमेन्ट’ भेटाउनुभएको रहेछ । त्यसमा गुन्जीका मान्छेको बाबु मरेर छोरोलाई अंशबण्डा गरेर जग्गा दिँदाखेरि तिरोकिटान गरिएको प्रमाण रहेछ ।

चौथो, वि.सं. २०१५ वरिष्ठ पत्रकार भैरव रिसालको नेतृत्वमा जनगणना गरिएको थियो । उहाँ अहिले स्वर्गीय हुनुभयो । उहाँले बराबर भन्नुभएको छ कि ‘मैले त्यो गुन्जी, कुटी, नाभी, नाभिडाङको, कालापानी त्यसबेलामा तुलसी न्युरङ (कालापानीलाई तुलसी न्युरङ भनिन्थ्यो) मा मैले जनगणना गराएको हुँ ।’ उहाँका आवाजहरु र लिखितहरु अहिले पनि भेटिन्छन् ।

पाँचौं, वि.सं. २०१५ मा आम निर्वाचन भयो त्यतिबेला गुन्जी–कुटीको मान्छेहरुको भोटर लिस्ट नेपालमा छ ।

छैठौं, तत्कालीन भारतीय प्रधानमन्त्री जहाराल नेहरुले राजा महेन्द्रलाई लेखेको चिठी । त्यतिबेला नेहरुले महेन्द्रलाई कालापानीमा हामीलाई बस्न दिनुस् भनेर चिठी लेखेका रहेछ । यो कुरा महेन्द्रको पालामा गृहमन्त्री हुनुभएका विश्वबन्धु थापाले सञ्चार माध्यममा भन्नुभएको छ । थापाले भने अुनसार मन्त्रिमण्डलको बैठकको अन्तिम–अन्तिम समयमा महेन्द्रले ‘नेहरुले मलाई एउटा चिठी लेखेको छ, कालापानीमा हाम्रो भारतीय फौज बस्न दिनुस् भनेर । यस सम्बन्धमा हामी केही पनि जवाफ नदिउँ । हामीले एउटा जवाफ दिदाँ चीन रिसाउला। जवाफ दिएन भने के होला ?’ भनेका रहेछन् ।

त्यो चिठीका बारेमा मैले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकर दास बैरागी रहेका बेला पनि भनेको थिएँ । त्यतिबेला मैले विश्वबन्धु थापाले दुई–चार दिन अगाडि सञ्चारमाध्ययममा भनेको जानकारी गराउँदै ‘नेहरुले महेन्द्रलाई लेखेको चिठी तपाईंहरुले पानीमुनि गएर पनि पत्ता लाउनुप¥यो । लिपुलेक हाम्रो भूमि हो भनेर दाबी गर्ने ठूलो डकुमेन्ट हो’ भनेको थिएँ । अहिलेसम्म पनि त्यो बारे खोजिनीति भएको जस्तो लागेको छैन ।

सातौँ, नेपालका लागि तत्कालिन चिनियाँ राजदूतले २०५६ साल भदौ १८ गते ‘रिपोर्टर्स क्लब’मा ‘सन् १९६१–६५ मा नेपाल र चीनको बीचमा सीमांकन भएको थियो । त्यो बेलामा कालापानी नेपालकै परेको थियो । यद्यपि, त्यस समयमा पुरानो नक्सा दस्तावेजलाई बेवास्ता गरिएको हुनाले नेपालको पश्चिमी सीमाना लिम्पियाधुरा पुग्न सकेन ।’ उहाँले भन्नुभएको ‘रेकर्डेड’ मसँग छ । मैले मेरो किताबमा पनि यो तिथि–मिति हालेको छु । राजदूतले भनेपछि त त्यो राष्ट्रले भनेको हो नि ! हामीसँग यी महत्वपूर्ण सात ओटा प्रमाण छन् । यति प्रमाण हुँदाहुँदै पनि हामीले बोल्न नसक्नु हाम्रो निरीहता नै हो । हाम्रो निरीहतालाई हेरेर ‘कालापानी, विवादित कालापानी’ भन्ने भारत हिजोआज ‘कालापानी क्षेत्र भारतकै हो’ भन्न थालेको छ । भारतले विवादित भन्दा माथि उठेर हाम्रो भनी भनेर दाबी गर्नु दुर्भाग्य हो ।

भरतले अहिले त्यो जमिन भोग गरेकै छ । उस्ले हामीले लिपुलेक भन्ज्याङको जमिन भोग गरेकै छौँ, सडक बनाएकै छौं, किन कुराकानी गर्ने ? भनेर त्यो बेवास्ता गरेको हुनसक्छ । त्यसकारण नेपालले बुद्धिमत्तापूर्ण तरिकाले, कूटनीतिक पहलले वार्तामा ल्याउन सक्नुपर्छ भन्ने मलाई लाग्छ ।

यो लामो कालखण्डमा धेरै वटा सरकारहरु फेरिए, धेरै प्रधानमन्त्रीहरु आए, परराष्ट्रमन्त्री भए । तर, समस्याहरु ज्यूँका–त्यूँ छन् । लिपुलेक जहिले पनि घाउ बनेर पटक–पटक नेपालीहरुका माझमा बल्झिरहन्छ । यो नेपालको भूमि हो भनेर नेपालीले गर्व गर्ने दिन कहिले आउला ?

राम्रो प्रश्न गर्नुभयो, मैले भनिराखेको छु र अझै पनि भन्छु । हाम्रो छिमेकी देशसँग सीमा सम्बन्धमा पौँठाजोरी खेलेर होइन, लडाईं गरेर होइन, वार्ताद्वारा समाधान गर्नुपर्छ । भारतलाई वार्ताको टेबलमा ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार कुनै पनि दुइटा तेस्रो–तेस्रो देशको बीचमा सीमा सम्बन्ध सम्बन्धमा समस्या भयो भने समस्या निराकरण गर्ने उपायहरुमा भनेर भनिएको छ । डायलग, डिस्कसन, नेगोसिएसन, कम्प्रोमाइज, ट्रस्ट इच अदरलगायतका माध्ययमबाट एक देशले अर्को देशलाई विश्वास गरेर वार्ताद्वारा समाधान गर्नुपर्छ । त्यसको पहल नेपालले गर्नुपर्छ ।

त्यसका लागि नेपालले अन्तर्राष्ट्रिय दबाब सिर्जना गरेर भए पनि वार्तामै ल्याउनुपर्छ । हाम्रो प्रधानमन्त्रीले पनि ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सीमा समस्या समाधान गर्ने संयन्त्र बनेको थियो’ भन्नसक्नुपछै ।

त्यसका लागि नेपालले अन्तर्राष्ट्रिय दबाब सिर्जना गरेर भए पनि वार्तामै ल्याउनुपर्छ । हाम्रो प्रधानमन्त्रीले पनि ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सीमा समस्या समाधान गर्ने संयन्त्र बनेको थियो’ भन्नसक्नुपछै ।

त्यति मात्रै होइन हाम्रो प्रधानमन्त्रीले भारत भ्रमण जाँदा ‘तपाईं नै पहिलो पटक प्रधानमन्त्रीको रुपमा नेपाल आउँदा सीमा समस्या समाधाना लागि बनेको संयन्त्रलाई ब्युँताऊ’ भन्न सक्नुपर्छ । दुइटा देशको परराष्ट्र सचिवहरुको बीचको संयन्त्र ब्युँताइयो भने सुस्ता र कालापानीको समाधान गर्न सकिन्छ । त्यसपछि केही आशा त जाग्छ नि । तर, सन् २०१४ मा बनेको परराष्ट्र सचिवको संयन्त्रले सिन्को भाँचेको छैन ।

कामै सुरु गरेको छैन । हाम्रो प्रधानमन्त्रीले काम सुरु गराउनुप¥यो । हामीले अन्तर्राष्ट्रिय सिद्धान्त ‘स्वपिङ अफ ल्याण्ड, जग्गा सट्टापट्टा गर्ने नीतिलाई अवलम्बन गरेर भए पनि समाधानको बाटो खोज्न सकिन्छ ।

यस्ता प्रयासहरु भारतले यस अघि बंगलादेशसँग पनि गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश जाँदा त्यतिबेला शेख हसिना नै प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो बेलामा भारत र बंगलादेशले जमिन सट्टापट्टा गरेका थिए । भारतले १ सय ११ वटा ‘इन्क्लेभ’को जग्गा बंगलादेशलाई र बंगलादेशले ५१ वटा ‘इन्क्लेभ’ भारतलाई दिएको थियो र समस्या समाधान गरेको थियो । यसलाई बंगलादेशी ‘मोडेल’ भनिन्छ । यही मोडेलमार्फत पनि लिपुलेक, लिम्पियाधुराको कुरा समाधान गर्न सकिन्छ भने त्यसतर्फ पनि ध्यान दिएर वार्ता गर्नुपर्छ भन्ने लाग्छ ।

कामै सुरु गरेको छैन । हाम्रो प्रधानमन्त्रीले काम सुरु गराउनुप¥यो । हामीले अन्तर्राष्ट्रिय सिद्धान्त ‘स्वपिङ अफ ल्याण्ड, जग्गा सट्टापट्टा गर्ने नीतिलाई अवलम्बन गरेर भए पनि समाधानको बाटो खोज्न सकिन्छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुराहरुको भाग ३७२ वर्ग किलोमिटर छ, त्यसको दोबर जमिन हामीले झापाको काँकरभिट्टाभन्दा पूर्वतर्फ बंगलादेशसम्मको भाग हामीले दोबर पायौं भने हामीले भोग गर्न नसकेको जग्गाको सट्टा उताको भोग गर्न पाउँछौँ । अनि नेपालको सीमाना बंगलादेशसँग जोडिन्छ । अनि बंगलादेशको बन्दरगाहबाट सामानहरु सस्तोमा ल्याउन सकिन्छ । यो एउटा ‘स्कुल अफ थट’ हो । अर्को ‘स्कुल अफ थट’ले एक इन्च जमिन पनि दिनुहुँदैन, एक इन्च जमिन पनि लिनुहुँदैन । रगतको खोलो बगाउनुपर्छ भन्ने पनि छ । यो चाहिँ म मान्दिनँ । हिजोआज रगतको खोलो बगाएर दुई छिमेकीहरु बस्ने जमाना छैन । उदाहरणका लागि युक्रेन र रुसको बीचको युद्धलाई पनि लिन सकिन्छ । त्यसैले हामीले युद्धको बाटो होइन, समाधानको बाटो खोज्नुपर्छ ।

अहिले लिपुलेककै विषयलाई लिएर चाहिँ कतिपय राजनीतिक दलहरुले एउटा राजनीतिको रोटी सेक्नका लागि, देशमा प्रधानमन्त्री केपी ओली छन्, त्यसकारणले यो केपी ओलीको घर मिचिन आँटेको हो भन्ने ढंगले पनि प्रधानमन्त्री भएपछि विषय उहाँको मात्रै हो भन्ने खालका कुराहरु गरेको देखिन्छ । यस्तो देशप्रति नै भएको अन्यायमा त सबै राजनीतिक दलहरु एकै ठाउँमा आएर यो समस्याको समाधानका लागि एकजुट हुनुपर्छ होला जस्तो लाग्दैन ?

लिपुलेक, कालापानी, लिम्पियाधुराको कुरा भौगोलिक अखण्डता, ‘टेरिटोरियल इन्टिग्रिटी’को कुरा हो । यो भौगोलिक अखण्डताको कुरामा सबै पार्टी एकजुट हुनुपर्छ । कालापानीको भाग अहिले मिचेर भारतले लग्यो भने, सुस्ताको भाग लग्यो भने, सन्दकपुरको भाग लग्यो भने त नेपालको क्षेत्रफल खुम्चिदैँ जान्छ नि ! नेपालको क्षेत्रफल साबिकमा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर थियो ।

चुच्चे नक्साको क्षेत्रफल जोड्दा१ लाख ४७ हजार ८ सय १९ वर्ग किलोमिटर छ । त्यसमध्ये १० हजार वर्ग किलोमिटर भूभाग संकुचन भयो भने त्यो १० हजार वर्ग किलोमिटरभित्र बस्ने नेपाली विदेशी जनतामा हुन पुग्छन् । त्यसैगरी नेपालको क्षेत्रफल संकुचन हुँदै–हुँदै एकदिन नेपालको नामै विश्व मानचित्रबाटबाट हट्न सक्छ । त्यसैले सबै राजनीतिक दलहरु र नेताहरुले समस्या उल्झाउने मात्रै होइन, समाधानको उपाय खोजेर अघि बढ्नुपर्छ ।

चुच्चे नक्साको क्षेत्रफल जोड्दा१ लाख ४७ हजार ८ सय १९ वर्ग किलोमिटर छ । त्यसमध्ये १० हजार वर्ग किलोमिटर भूभाग संकुचन भयो भने त्यो १० हजार वर्ग किलोमिटरभित्र बस्ने नेपाली विदेशी जनतामा हुन पुग्छन् । त्यसैगरी नेपालको क्षेत्रफल संकुचन हुँदै–हुँदै एकदिन नेपालको नामै विश्व मानचित्रबाटबाट हट्न सक्छ ।

हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकको भ्रमण गर्दै हुनुहुन्छ । चीन र भारतको। सायद त्योभन्दा अगाडि तपाईं एउटा सीमा विज्ञको हिसाबले पनि एकचोटी बोलाएर तपाईंलाई सायद ‘के गरौँ बुद्धिनारायणजी, म यसरी भारत र चीन भ्रमणमा जाँदै छु । यी सीमाका विषयहरुलाई समस्याहरुलाई सुल्झाउने उपाय के–के छन् ?’ सोध्नु पनि हुन्छ होला । यदि उहाँले तपाईंलाई बोलाएर सोध्नु भएन भने प्रधानमन्त्रीज्यूलाई दिने सुझाव के–छ ?

मैले अघि पनि भने, डायलग, डिस्कसन, नेगोसिएसन, कम्प्रोमाइज, अन्डरस्ट्यान्डिङ, ट्रस्ट इच अदरको अन्तर्राष्ट्रिय सिद्धान्त अपनाउनुपर्छ भनेर म भन्न चाहन्छु । दुई देशको परराष्ट्र सचिवको बीचमा सुस्ता र कालापानीको विषय अध्ययन गरेर प्रतिवेदन तयार गर्ने भन्ने छ, त्यो कुरामा प्रधानमन्त्रीज्यूले जोड दिनुपर्छ । आफ्नो भारतीय समकक्षीसँग र एउटा उच्चस्तरीय समिति बनाएर काम सुरु गर्नुपर्छ भन्ने मेरो सुझाव छ । त्रिदेशीय बिन्दुको कुरा पनि हाम्रो प्रधानमन्त्रीज्यूले राख्न सक्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *