सुनको मूल्य घट्यो, चाँदीले बनायो नयाँ कीर्तिमान

काठमाडौँ, ९ भदौ। नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यले ऐतिहासिक उचाइ छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर दुई हजार ३५५ रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च हो। यसअघि गत साउन ७ गते चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो, जुन रेकर्ड आज तोडिएको छ।