सुनको मूल्यमा वृद्धि, चाँदी भने ओरालो लाग्याे
काठमाडौँ, ११ भदौ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
मंगलबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु ३०० ले महँगिएको हो भने चाँदी प्रतितोला रु १५ ले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. १ लाख ९९ हजार तोकिएको छ। त्यसैगरी, चाँदी प्रतितोला रु. २,३४५ मा कारोबार भइरहेको छ।
हिजो मंगलबार सुन प्रतितोला रु. १ लाख ९८ हजार ७०० र चाँदी रु. २,३६० मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३,३७४ अमेरिकी डलर रहेको जनाएको छ।