सुनको भाउले बनायाे नयाँ रेकर्ड: प्रतितोला २ लाख नाघ्यो

काठमाडौं, १३ भदौ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ इतिहास कायम गरेको छ।

प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि साउन २३ गते कायम भएको १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड तीन सातामै तोडिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। प्रतितोला ५ रुपैयाँले बढेर चाँदी २३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २३५५ रुपैयाँ रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *