चेल्सीको दोस्रो जित
लन्डन, १४ भदौ । इङगलिस प्रिमियर लिगमा चेल्सीले शनिबार छिमेकी फुल्हमलाई २¬–० ले पराजित गरेको छ । चेल्सीले सुरुका तीन खेलमध्ये दुईमा जित र एक बराबरीमा खेलेर नौ अङक बनाएको छ । फुल्हम भने अहिलेसम्म जितविहिन छ ।
चेल्सीका लागि जोआओ पेड्रो र इन्जो फर्नान्डेजले गोल गरे । फर्नान्डेजले पेनाल्टीमा गोल गर्नुभएको हो । पूर्वार्धको इन्जुरी समयको नवौँ मिनेटमा पेड्रोले हेड गोल गरी चेल्सीलाई अगाडि पारेका हुन् । फर्नान्डेजले खेलको ५६ औँ मिनेटमा गोल थपे ।