दसैँका लागि नयाँ नोट २९ गतेदेखि साटिने, यी स्थानबाट साटिनेछ नाेट

काठमाडौं, १५ भदौ । यस वर्षको दसैँका लागि नयाँ तथा सुकिला नोटहरू यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले सुकिला नोट सटही गर्न सक्ने जानकारी गराएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

यस वर्ष विजया दशमी असोज १६ गते परेको छ। घटस्थापना असोज ६ गतेबाट सुरु हुनेछ भने फूलपाति असोज १३ गते रहेको छ। दसैँ पर्व घटस्थापनादेखि नै सुरु हुने गर्दछ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *