ओसिएले लगायो रवि र निलेन्द्रलाई दुई वर्षको प्रतिबन्ध
काठमाडौँ, भदौ १६ गते । एसियन ओलम्पिक काउन्सिल (ओसीए) ले नेपालका दुई खेल संघका अध्यक्षलाई दुई वर्षका लागि निलम्बन गरेको छ ।
ओसीए कार्यकारी बोर्डको अगस्ट २८ तारिखमा बसेको बैठकले एथिक्स कमिटीको सिफारिसका आधारमा नेपाल एक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई निलम्बन गरेको हो ।
ओसिएले पठाएको पत्रमा दुवैलाई आगामी दुई वर्षसम्म ओसिएको कुनै गतिविधिमा सहभागी हन नपाउने भनिएको छ । रवि र निलेन्द्र एनओसी तदर्थ समितिका सदस्य हुन् । एक दिनअघि मात्र ओसिएले एनओसी तदर्थ समितिलाई आफ्नोे लोगो अनधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको थियो ।