नेपाल र वेस्ट इन्डिजबिच हुने टि२० क्रिकेट शृङ्खलाको खेल तालिकामा हेरफेर

काठमाडौँ, १७ भदौ । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको नयाँ मिति तय भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टि२० आइअन्तर्गत पहिलो खल सेप्टेम्बर २७, दोस्रो खेल सेप्टेम्बर २९ र तेस्रो खेल सेप्टेम्बर ३० तारिखमा हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रसँग टी–२० आई शृङ्खला खेल्न लागेको हो ।

यसअघि, दोस्रो खेल सेप्टेम्बर २८ मा हुने खेल तालिका थियो ।