काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना घाइते
काठमाडौं, १८ भदौ । काठमाडौंको पुतलीसडकमा माइक्रो बसकाे ठक्करले दुई जना पैदलयात्री घाइँते भएका छन् ।
दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका हुुन् । तामाङलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।
अर्का घाइते राईलाई भने प्रदर्शनीमार्गस्थित काठमान्डु मोडल अस्पताल लगिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएकाे छ ।
(यसअघि समाचारमा एक जनाको मृत्यु भएको भन्ने वाक्यांश परेकाले क्षमा माग्दै हटाइएको छ । सं.)