‘शान्ति सम्झौता भएपछि युक्रेनलाई सुरक्षा दिन युरोप तयार’ – राष्ट्रपति म्याक्रोन

काठमाडौँ, भदौ १९ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युक्रेनसँग शान्ति सम्झौता भएपछि युरोपेली मुलुकहरू सुरक्षा सहायता प्रदान गर्न पूर्ण रूपमा तयार रहेको बुधबार बताउनुभएको छ ।

युक्रेनलाई समर्थन गर्ने इच्छाशक्तिका आधारमा बनेको युरोपेली समूहको बैठकअघि बोल्दै राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “हामीले आवश्यक तयारी पूरा गरिसकेका छौँ । अब यसलाई राजनीतिक सहमतिमा रूपान्तरण गर्ने चरण सुरु हुँदैछ ।” उहाँले युरोप युक्रेनमा दीर्घकालीन र स्थायी शान्ति स्थापनाको पक्षमा दृढ रहेको स्पष्ट पार्दै भन्नुभयो, “अब मुख्य प्रश्न भनेको रुस साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भन्ने हो।”

फ्रान्स भ्रमणमा रहनुभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई राष्ट्रपति म्याक्रोनले पेरिसमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति जेलेन्स्कीले रुस यो युद्ध अन्त्य गर्न चाहन्छ भन्ने कुरा पुष्टि हुने खालका कुनै सकारात्मक सङ्केतहरू नदेखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *