प्रहरीले हानेको रबरको गोली लागेर कान्तिपुर र नयाँ पत्रिकाका फोटो पत्रकार घाइते

काठमाडौं, २३ भदाै । काठमाडाैंकाे नयाँ बानेश्वरमा जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर दुईजना फोटो पत्रकार घाइते भएका छन् ।

कान्तिपुर टिभीका फोटो पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ ।

रबरको गोली लागेर केही आन्दोलनकारीहरू पनि घाइते भएको प्रहरीले जनाएकाे छ ।