जेनजी समूह तोडफोड र लुटपाटमा उत्रिएपछि १० बजेबाट सेनासहितका सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं, २४ भदाै । नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
नेपाली सेनाले यस्ता गतिविधि सूचना जारी भएरपनि नरोकिएको खण्डमा सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रणका लागि आजै रातकाे १० बजेबाट दृढ रहने भन्दै देशबासीलाई सघाउन अपील गरिएको छ ।
सोहीअनुसार नेपाली सेना लगायत अन्य सुरक्षा निकाय तैनाथ हुने सेनाको विज्ञप्तिमा उल्लेख छ ।