नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिनुभयाे शपथ

काठमाडाैं, २७ भदाै । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नुभएकाे छ ।

शीतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उहाँले शपथ लिनुभएकाे हाे ।

राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे छ ।