प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ मा चुनाव घोषणा
काठमाडौं, २८ भदाै । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएकाे छ ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा आजै (भदौ २७ गते) राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गर्नुभएकाे हाे ।
साथै आगामी फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ ।