वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा आदिल र जोराको पुनरागमन

काठमाडौँ, भदौ ३० गते । नेपाल र वेस्ट इन्डिजबीच बिच हुने ऐतिहासिक टि२० शृङ्खला युनिटी कपका लागि नेपालले सोमबार टिम घोषणा गरेको छ ।

नेपालले वेस्ट इन्डिजविरुद्ध सिरिजमा ३ टि–२० खेल खेल्नेछ। पहिलो खल सेप्टेम्बर २७, दोस्रो खेल सेप्टेम्बर २९ र तेस्रो खेल सेप्टेम्बर ३० तारिखमा हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रसँग टी–२० आई शृङ्खला खेल्न लागेको हो ।

सो टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्नुभएको हो । । दुई वर्षअघि नेपाल टि२० लिगमा स्पट फिक्सिङ प्रकरणमा आदिल फसेका थिए । त्यसपछि लामो समय कारवाही वेहोरेका आदिलले राष्ट्रिय टिम पुनरागमन जनाएका हुन् । जोरा २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् ।

यी दुवैले भारतको आसाममा भएको पाँच खेलको टी२० शृंखलामा नेपाल ए लागि शानदार प्रदर्शन गरेका थिटए ।

सो टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् ।

नेपालको टोली
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *