उत्तरार्धमा गोल वर्षा भएको युभेन्टस र डर्टमन्डबिचको खेल बराबर

मिलान, १ असोज । च्याम्पियन्स लिगमा इटालीको युभेन्टसले अन्तिम समयमा दुई गोल गरेर जर्मनीको बोरुसिया डर्टमन्डलाई ४–४ ले बराबरीमा रोेकेको छ ।

डर्टमन्डका लागि करिम आडिऐमी, फेलिक्स मेचा, यान कोटो र रामी बेन्सेबानी (पेनाल्टी)ले गोल गरे । खेलको ८६ औँ मिनेटमा पाहुना टिम डर्टमन्ड ४–२ ले अगाडि थियो । तर इन्जुरी समयमा युभेन्टसका वैकल्पिक खेलाडी डुसान भ्लाहोभिचले एक गोल गर्नुका साथै लोयड केलीले गरेको गोलमा एसिस्ट गरी खेल बराबर गरे ।

सर्वियाका स्ट्राइकर भ्लाहोभिचले खेलको ६७ औँ मिनेटमा पनि गोल गरेका थिए । घरेलु टिमका लागि खेलको ६३ औँ मिनेटमा केनन यिल्डिजले पनि गोल गरे ।