उपाधि रक्षा अभियानमा पिएसजीको विजयी सुरुआत
पेरिस, २ असोज । उपाधि रक्षा अभियानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ । पिएसजीले बिहिबार इटालीको एटलान्टालाई सजिलै ४–० ले पराजित गर्यो ।
पिएसजीका लागि मार्किन्होस, ख्विचा ख्वारातस्खेलिया, नुनो मेन्डिज र गान्कालो रामोसले गोल गरे । घरेलु मैदानमा सहज जित हात पारेको पिएसजीले पेनाल्टीमा गोल गर्ने अवसर खेल फालेको थियो । ब्राड्ली बार्कोलाले पेनाल्टी मिस गरेपनि पिएसजीलाई फरक परेन ।
पिएसजीका प्रशिक्षक लुइस इन्रिकेले आफ्नो टिमले सुन्दर खेल प्रस्तुत गरेको र समर्थकहरु प्नि खुशी भएको हुनुपर्छ भनी प्रतिक्रिया दिए ।