नवप्रवेशी बोडो ग्लिम्ट र पाफोसको प्रभावशाली सुरुआत
प्राग, २ असोज । च्याम्पियन्स लिगमा बिहिबार नवप्रवेशी बोडो ग्लिम्ट र पाफोसले पनि बराबरीमा खेलेर प्रभावित पारेका छन् ।
नर्वेको च्याम्पियन बोडोले दुई गोलले पछाडि परेर पनि स्लाभिया प्रागलाई उसकै मैदानमा २–२ ले बराबरीमा रोक्यो । नर्वेको टिमले उत्तरार्धमा पेनाल्टी खेर पनि फालेको थियो । नर्वेको टिम १८ वर्षपछि च्याम्पियन्स लिगमा खेल्दैछ ।
साइप्रसको टिम पाफोसले ओलम्पियाकोससँग गोलरहित बराबरीमा खेल्यो । खेलको २६ औँ मिनेटमा ब्राजिलका मिडफिल्डर बु्रनो फिलिपले रातो कार्ड पाएपछि पाफोसले एक घन्टाभन्दा बढी समय एक खेलाडीको बेफाइदामा खेलेको थियो । यद्यपि पाफोसले ओलम्पियाकोसलाई खेल जित्न दिएन ।
पाफोस च्याम्पियन्स लिगमा खेल्ने साइप्रसको पहिलो टिम हो ।