हप्ता दिनपछि खुलेको नेप्सेमा नकारात्मक सर्किट

काठमाडाैं, २ असाेज । जेनजी आन्दोलनकाे एक हप्तापछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेकाे छ ।

सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ ।

प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।

गत भदौ २३ गते ३५.९९ अंक घटेर नेप्से २६७२.२५ विन्दुमा बन्द भएको थियाे । नकारात्मक सर्किटले आज नेप्से २५६५.२१ विन्दुमा झरेको छ ।