सेयर बजारमा फेरी दोस्रो नकरात्मक सर्किट

काठमाडौं, २ असोज । जेनजीकाे विध्वंसात्मक आन्दोलनकाे एक हप्तापछि खुलेको शेयर बजारमा  दोस्रो नकरात्मक सर्किट ब्रेक लागेको छ ।

पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को नकरात्मक सर्किट ब्रेक लागेको हो । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ ।