सुनको भाउ तोलामा २ हजार बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं, १३ मङ्सिर । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चार दिनमा सुनको मूल्य ६ हजार ७०० रुपैयाँले बढेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
