तेस्राे पटकको नकारात्मक सर्किटपछि शेयर बजार बन्द

काठमाडाैं, २ असाेज । जेनजीकाे विध्वंसात्मक आन्दोलनकाे एक हप्तापछि खुलेको नेप्से परिसूचकमा फेरी तेस्राे पटक नकारात्मक सर्किट लागेकाे छ । तेस्राे पटककाे नकारात्मक सर्किटपछि शेयर बजार आजका लागि बन्द भएकाे छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेकाे थियाे भने दोस्रो नकरात्मक सर्किट ब्रेक लागेर कुल ५ प्रतिशत घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएकाे थियाे ।

१२ : ०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भएकाे हाे ।

दोस्रो सर्किट ब्रेकपछि ६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । यस दिन कुल ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएकाे छ ।