सुनको मूल्य तोलामा एघार सयले बढ्यो, कति पुग्याे ताेलाकाे ?

काठमाडौँ, ५ असोज । सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ । स्थानीय बजारमा आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबार सुन प्रतितोला रू दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।