चेल्सीविरुद्ध म्यान्चेस्टर युनाइटेडको जित

म्यान्चेस्टर, ५ असोज । इङगलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले शनिबार राति चेल्सीलाई २–१ ले हराएको छ । ओल्ड ट्राफर्डमा भएको खेलमा कप्तान बु्रनो फर्नान्डेजसहित कारिमेरोले गोल गरे ।

यस नतिजासँगै म्यान्चेस्टर युनाइटेड दशौँ स्थानमा उक्लेको छ । छैटौँ स्थानमा रहेको चेल्सीभन्दा म्यान्चेस्टर युनाइटेड एक अङ्कले पछाडि छ ।

फर्नान्डेजले म्यान्चेस्टर युनाइटेडका लागि आफ्नो एक सयौँ गोल गरे । पोर्चुगलका फर्नान्डेजको म्यान्चेस्टर युनाइटेका लागि यो २०० औँ प्रिमियर लिग खेल पनि थियो । खेलको पाँचौँ मिनेटमै चेल्सीका साञ्चेजले रातो कार्ड पाएका थिए । तर गोलकर्ता कासिमेरोले पूर्वार्धका इन्जुरी समयमा रातो कार्ड पाएपछि चेल्सीको मनोबल उच्च भयो । खेलको ८० औँ मिनेटमा चेल्सीका ट्रिभो चालोबाले हेडरमार्फत् एक गोल पनि फर्काए ।

अन्य खेलमा क्रिस्टल प्यालेसले वेस्ट हामलाई २–१, लिड्सले वोल्भरह्याम्पटनलाई ३–१ र फुल्हमले ब्रेन्टफर्डलाई ३–१ ले पराजत गरे । टोटनहामले दुई गोलले पछाडि परेर पनि ब्राइटनलाई २–२ ले बराबरीमा रोक्यो । नटिङघम फरेस्ट र बर्नलीबिचको खेल पनि १–१ ले बराबरीमा सकियो ।