अन्तरिम सरकारकाे मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे
काठमाडौं, ६ असोज । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएका छन् ।
नवनियुक्त मन्त्रीहरुको शपथका आज दिउँसो दुई बजेका लागि ताेकिएकाे छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेका समाचार सार्वजनिक भएका थिए । यद्यपि यी नाममा केही थपघट पनि हुनसक्ने सम्भावना रहेको स्रोतले जनाएकाे छ ।