गृहसचिव दुवाडी हटाएर दंगाललाई जिम्मेवारी
काठमाडाैं, ७ असाेज । अन्तरिम सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।
गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ । स्रोतका अनुसार, उनलाई योजना आयोगको सचिवालमा जिम्मोवरी तोकिएको छ ।