वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्ने नेपालको दाउ

काठमाडौँ, असोज १० गते । नेपाली क्रिकेट टिमको शनिबार राति वेस्ट इन्डिजसँग तीन खेलको टि२० अन्तर्राष्ट्रिय शृङ्खला खल्दैछ हो । नेपालले संयुक्त अरब इमिरेट्स (युएइ)को शारजाहा क्रिकेट स्टेडियममा वेस्ट इन्डिजवरिुद्धको क्रिकेट शृङखलाको आयोजना गरेको हो । यी दुई देशबिच सोमबार र मङगलबार पनि खेल हुनेछ । नेपालले आइसीसीको पूर्णं सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलो पटक हो ।

‘यो शृङ्खलाले अवसरको ढोका खुल्नेछ’

नेपालका कप्तान रोहित पौडेलले यो ऐतिहासिक अवसर भएको र वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्न नेपाल तयार गरेको जानकारी गराए । वेस्ट इन्डिज टेस्ट टिम हो । यद्यपि हामीले यसअघि पनि टेस्ट राष्ट्रहरुसँग खेलिरसकेका छौँ । ती खेलमा हासिल गरेको अनुभवलाई सदुपयोग गर्नेछौँ । हामी खेल जित्न तयार छौैँ । यो आगामी दिनमा नेपाली क्रिकेटको अवसरको ढोको खोल्न पनि निकै महत्वपूर्ण शृङ्खला हो ।
यसैगरी वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले नेपालसँग खेल्न पाउँदा खुशी लागेको बताए । उनी भन्छन्– हामी सबै नेपालविरुद्ध खेल्न उत्साही छौँ ।

युवा वेस्ट इन्डिजको टिम

नेपालविरुद्धको शृङ्खलाका लागि वेस्ट इन्डिजले स्पनीर हुसेनको नेतृत्वमा युवा टिमलाई युएइ पठाएको हो । वेस्ट इन्डिज र भारतबिच अर्को हप्ता टेस्ट शृङ्खला सुरु हुँदैछ । त्यसैले वेस्ट इन्डिजले पहिलो रोजाईका खेलाडीलाई भारतविरुद्धको टेस्ट शृङ्खला लागि तयारीमा राखेको हो । वेस्ट इन्डिजको टिममा पाँच नयाँ खेलाडी छन् । शीर्ष क्रमका ब्याट्सम्यान अकिम अगस्टी, अलराउन्डर नवनी विदाइसी, विकेटकिपर अमिर जाङगु र अमेरिकाका लागि आठ टि२० खेलिसकेका करिमा गोरेले पहिलो पटक वेस्ट इन्डिजको सिनियर टिमबाट डेब्यु गर्नेछन् ।

आदिल र जोराको पुनरागमन

नेपाल टिममा पनि विस्फोटक ब्याट्सम्यानद्वय आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । दुई वर्षअघि नेपाल टि२० लिगमा स्पट फिक्सिङ प्रकरणमा आदिल फसेका थए । त्यसपछि लामो समय कारवाही वेहोरेका आदिलले राष्ट्रिय टिम पुनरागमन जनाएका हुने । जोरा २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा परे । यी दुवैल्े भारतको आसाममा भएको पाँच खेलको टी२० शृंखलामा नेपाल ए लागि राम्रो प्रदर्शन गरेका थिए ।

लयमा छैन वेस्ट इन्डिज

नेपालले वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्न सक्छ । किनभने वेस्ट इन्डिजको टिम अहिले लयमा छैन । वेस्ट इन्डिजले पछिल्ला पाँच टि२०मध्ये चारमा हार वेहोरेको छ । नेपालको पछिल्ला पाँच टि२० मो दुईमा जित र तीनमा हार वेहोरेको थियो । सन् २०२५ अप्रिलमा वेस्ट इन्डिज ए टिमले पाँच टि२० शृङ्खला खेल्न नेपालको भ्रमण गरेको थियो । सो शृङ्खला गुमाएपनि घरेलु टिम नेपालले वेस्ट इन्डिज ए लाई दुई खेलमा हराउन सफल भएको थियो । त्यसैले दुई पटक टि० विश्वकप जितिसकेको टिम वेस्ट इन्डिजलाई नेपालले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

विश्वकप छनोटको अन्तिम तयारी

वेस्ट इन्डिज शृङ्खला लगत्तै नेपाल ओमान जानेछ । ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल फाइनल हुँदैछ । जुन विश्वकप छनोटमा नौ टोली सहभागी छन् । जसमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । त्यसैले वेस्ट इन्डिजविरुद्धको शृङखला विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारीको पनि हो ।

नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *