वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ, ११ असोज । नेपालले युनिटी कपअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले हराएर इतिहास बनाएको छ । नेपालले पहिलो पटकआइसीसीको पूर्णं सदस्य राष्ट्रलाई हराएको हो । यसैगरी टेस्ट मान्यताप्राप्त राष्ट्रसागै द्विपक्षीय शृङ्खला खलेको यो पहिलो पटक हो । वेस्ट इन्डिजन स् १०२१ र २०१६ मा टि२० विश्वकप जित्ने टिम पनि हो ।
यस जितसँगै नेपालले तीन खेलको टि२० अन्तर्राष्ट्रय शृङखलामा अग्रता पनि बनाएको छ । दोस्रो र तेस्रो खेल सोमबार र मङगलबार हुनेछ
संयुक्त अरब इमिरेट्सको शारजाहा क्रिकेट मैदानमा शनिबार टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भएको नेपालले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । वेस्ट इण्डिजले २० ओभरमा नौ विकेटको क्षतिमा १२९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलिरहेका नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । यसैगरी दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलको खातामा एक–एक विकेट रह्यो ।
यसअघि नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाएका थिए । उनको ३५ बलका पालमा३ चौका र १ छक्का सामेल थियो । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रनको आकर्षक पालि खेल्नुभयो । गुल्शन झाले पनि दुई छक्का प्रहार गर्दै २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन योगदान दिए ।
नेपालको सुरुआत भने खराब भएको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ३ रनमा आउट भएका थिए । कप्तान रोहित र कुशल मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरी नेपालका पालि सम्हालेका हुन् । तर नेपालले पालिको अन्त अपेक्षाअनुरुप गर्न सकेन । सन्दीप जोरा ६ बलमा नौ र करण केसी शुन्यमा आउट भए । सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका लागि अनुभवी मध्यम गतिका बलर जेसन होल्डरले चार ओभरमा २० रन दिएर चार विकेट लिए । उनले १९ औँ ओभरमा दिपेन्द्र, सन्दीप र करणलाई आउट गरेका थिए । नविनले ४ ओभरमा २९ रन दिएर तीन विकेट लिए । कप्तान अकिल होसेनले एक विकेट हासिल गरे ।
सो खेलमा अलराउन्ड प्रदर्शन गर्ने रोहित म्यान अफ दि म्याच बने ।