वेस्ट इन्डिजविरुद्ध जोराको अर्धशतक

शारजाहा, १३ असोज । नेपालका ब्याट्सम्यान सन्दिप जोराले वेस्ट इन्डिजवरुद्धको दोस्रो टि२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका छन् ।
शारजाहा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । जोराले ३४ बलमा अर्धशतक छोए । जोरा ३९ बलमा ६३ रन बनाएर आउट भए । उनको पालिमा पाँछ छक्का र तीन चौका सामेल थियो । जेडिया ब्लेड्सको बलिङमा जोरा नवीन विदइसीद्वारा क्याच आउट भएका हुन् । नेपालको पालिमा आसिफ शेखले पनि अर्धशतक बनाएका थिए ।
युनिटी कपअन्तर्गत तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि छ । आजको खेल जितेमा नेपालले शृङ्खला हात पार्नेछ ।