गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

काठमाडौँ, असोज १४ । गाजा पट्टीमा कुपोषण र अनिकालका कारण दिनहुँजसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको छ । हालसम्म १५० बालबालिकासहित ४५३ जनाको मृत्यु भइसकेको छ । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले गाजामा अनिकाल घोषणा गरेदेखि हालसम्म ३५ बालबालिकासहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

गाजा पट्टीका अस्पतालहरूले गम्भीर भोकमरी र कुपोषणबाट पीडित तथा चरम तनावको अवस्थामा रहेका सबै उमेरका सयौं मानिसहरूको उपचार गरिरहेका छन् । चिकित्सा स्रोतहरूले १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित रहेको उल्लेख गरेका छन् । बिरामीहरूलाई गम्भीर भोकका कारण हुने तनाव र स्मरण शक्तिको ह्रासको उपचार भइरहेको छ । गम्भीर कुपोषणबाट पीडित कयौं मानिसहरूका लागि अस्पतालहरूमा पर्याप्त बेड र औषधिको अभाव छ ।

प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा इजरायली नाकाबन्दीको परिणामस्वरूप मार्च र जुनको बीचमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण दोब्बर भएको चेतावनी दिएको छ । युएनआरडब्लुएले स्वास्थ्य केन्द्र र चिकित्सा केन्द्रहरूले यस अवधिमा बच्चाहरूका लागि लगभग ७४ हजारमा कुपोषण परीक्षणहरू गरेको तथा विश्वव्यापी तीव्र कुपोषणका लगभग ५ हजार ५०० घटनाहरू र तीव्र कुपोषणका ८०० भन्दा बढी घटनाहरू पहिचान गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *