नेपाललाई २–१ ले शृङ्खला, अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल दस विकेटले पराजित

काठमाडौ, १५ असोज । नेपालले युनिटकप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल मङगलबार राति वेस्ट इन्डिजसँग दस विकेटले पराजित भएको छ ।

अन्तिम खेलहारेपछ नेपालले तीन खेलको शृङ्खला २–१ ले जितेर इतिहास बनायो । नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पारेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग द्विपक्षीय शृंखला खेलेकै पहिलो पटक हो ।

संयुक्त अरब इमरेट्सको शारजहाँ क्रिकेट रंगशालामा वेस्ट इन्डिजले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो । लगातार तेस्रो पटक ब्याटिङ गरेको नेपाल एक बल बाँकी छँदै १२२ रनमा अलआउट भयो । वेस्ट इन्डिजले १२.२ ओभरमा विकेटको क्षतिमा १२३ रन बनाएर लक्ष्य हासिल गर्यो ।

वेस्ट इन्डिजका लागि आमिर जाङ्गुले ४५ बलमा छ चौका र दुई छक्कासहित अविजित ७४ र अकिम अगस्टेले २९ बलमा चार चौका र दुई छक्कासहित अविजित ४१ रन बनाए ।

यसअघि नेपालका लागि कुशल भुर्तेलले ३९, कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाएका थिए । वेस्ट इन्डिजका लागि रेमोन सिमन्ड्सले चार, जेडिया ब्लेड्सले दुई तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक–एक विकेट लिए । सो खेलमा सिमन्ड्स प्लेअर अफ दि म्याच बने । यसैगरी नेपालका कुशल भुर्तेल प्लेअर अफ दि सिरिज बने ।