सुन एकै दिन तोलामा २३ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, २१ असोज । आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेकाे हाे ।

मंगलबार सुनकाे मूल्य बढेपछि हालसम्मकै उच्च मूल्य पुगेकाे हाे । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनकै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड कायम भएकाे छ ।

यसैगरी चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।