नेप्से आज पनि घटेर बन्द, कारोबार रकम भने बढ्दो

काठमाडाैं, २१ असाेज । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ४५.३६ अंक घटेर २५५९.५९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ६३ हजार ५०९ पटकको कारोबारमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० को मूल्य साढे ६ प्रतिशत बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावर लिमिटेडको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *