जेनजी आन्दाेलनमा लुटिएकाे ३०३ राइफल दमकमा फेला

काठमाडाैं, २६ असाेज । जेनजी आन्दाेलनका क्रममा लुटिएकाे ३०३ राइफल झापाकाे दमकमा फेला परेकाे छ ।

दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।

जानकारीपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले बताउनुभयो ।