सभामुखद्वारा विघटित प्रतिनिधि सभाका दलसँग छलफल प्रारम्भ, रास्वपा अनुपस्थित

काठमाडौं, २९ असाेज । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने तत्कालीन दलका प्रमुख सचेतकसहितको छलफल आयोजना गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भइरहेको यो छलफलमा विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अनुपस्थित रहेको छ।

बैठकमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै यसको पुनर्स्थापनाका लागि अदालत जाने विकल्पबारे समेत छलफल भइरहेको बुझिएको छ।

सभामुखको कार्यकक्षमा जारी छलफलमा उपसभामुख इन्दिरा रानासहित नेपाली कांग्रेसका श्याम घिमिरे, नेकपा एमालेका महेश बर्तौला, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीकी रेखा यादव लगायतका नेताहरूको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *