कतार र सउदी अरब विश्वकपमा खेल्न योग्य

दोहा, २९ असोज । कतार र सउदी अरबले एसिया छनोटबाट आगामी फिफा विश्वकपमा स्थान बनाएका छन् । कतारले संयुक्त अरब इमिरेट्सलाई २–१ र सउदी अबरले जेदाहमा इराकसँग गोलरहित बराबरीमा खेले ।

कतार समूह ए र सउदी अरब समूह बीमा शीर्ष स्थानमा रहेर विश्कपमा पुगेका हुन् ।

कतारले सन् २०२२ को विश्वकप आयोजना गरेको थियो । यसैगरी सउदी अरबले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्दैछ ।

एसियाबाट यसअघि जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, उज्बेकिस्तान र जोर्डनले पन विश्वकपमा स्थान बनाइसकेका छन् ।