पेट्रोलको मूल्य घटेर आयाे, अब काठमाडाैंमा लिटरकाे १५९ रुपैयाँ

काठमाडौँ, २९ असाेज । पेट्रोलको मूल्य घटेर आएकाे छ ।

नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीगापलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत रु दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको नेपाल आयल निगमले जनाएकाे छ ।

p