एमालेको ११ औं महाधिवेन मंसिर २७ देखि २९ सम्म पोखरामा

काठमाडौं, असोज ३१। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । बैठकले अध्यक्ष ओलीको प्रस्ताव सर्वसम्मतले सुझावसहित पारित गरेको छ ।