सुनको मूल्य ताेलाकै ४८०० ले घट्यो, कतिमा भयाे काराेबार ?

काठमाडौँ, २ कात्तिक । सुनको मूल्य तोलामै रू चार हजार ८०० ले घटेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।