नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं, १० कात्तिक । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको हाे ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा र चाँदी तीन हजार १५ रुपैयाँमा किनबेच भएको थियो ।