मौसमजन्य विपत्ति

भियतनाममा भारी वर्षा र बाढीले एक लाख घर डुबानमा, सात जनाको मृत्यु

काठमाडौँ, कार्तिक १२ । मध्य भियतनाममा यसै साताको भारी वर्षाका कारण आएको बाढीले बस्तीहरू डुबानमा पार्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । वातावरण मन्त्रालयले बुधबार जनाएअनुसार भारी वर्षापछि एक लाखभन्दा बढी घर डुबानमा परेका छन् ।

भियतनामका तटीय प्रान्तहरूमा आइतबारदेखि निरन्तर भारी वर्षा भइरहेको छ, जसकारण २४ घण्टामा १.७ मिटर (पाँच फिट सात इन्च) सम्म पानी जम्मा भएको रेकर्ड गरिएको छ । मन्त्रालयका अनुसार बाढीमा परी सात जनाको मृत्यु भएको छ भने अन्य पाँच जना अझै बेपत्ता छन् ।