सुशीला कार्कीले मेयर बालेन साहलाई पढाउनुभयो कानुनको पाठ, कसैको दबाब नमान्ने चेतावनी
काठमाडौं, १३ कात्तिक । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उहाँका निकट मानिने भिक्टर पौडेललगायतले गृहमन्त्री फेर्ने प्रयासमा भित्रि रुपमा योजना बनाएको भन्दै आलोचना भैरहेका बेला प्रधानमन्त्री कार्यालयले भने त्यस्ता विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्ययम र सामाजिक सञ्जालमा आएका सूचनाहरुलाई भ्रमपूर्ण भएको भन्दै नपत्याउन प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति निकालेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा त्यसरी आएका भ्रमपूर्ण विवरणहरुप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको उल्लेख छ ।
‘कसैलेलाई कुनै मन्त्री बनाउने र वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेश अनुरुप यो सरकार गठन भएको यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिममेवारी सम्हाल्न आउनु भएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण् निर्माण गर्न, शान्ति, सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोवल उच्च राख्न अहोरात्र खटिरहनु भएको सबैलाई विदितै रहेको छ ।’
विज्ञप्तिमा यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्वन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।