भाषण गर्दा गर्दै ढलेका राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन

भैरहवा,१३ कात्तिक । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।

उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन् ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए ।